नेपाली बजारमा सुनको भाउ प्रतितोला ९१ हजार १०० रुपैयाँ पुगेको छ। छापावाल सुनको यो मूल्य अहिलेसम्मकै बढी हो।
हिजो मंगलबार ९० हजार ६०० रुपैयाँमा कारोबार भएकोमा आज ९१ हजार नाघेको हो।
सोमबार भने ९१ हजार रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो।
आइतबार पनि सुन तोलाको ९० हजार ६ सयमा कारोबार भएको थियो। व्यवसायीहरुका अनुसार लकडाउन र भाउ बढेका कारण सुनचाँदीको कारोबार ठप्पप्रायः छ।
गएको चैत ११ गतेदेखि सुन कारोबार बन्द भएको थियो भने सुनचाँदी व्यवसायी महासंघले नयाँ मूल्य पनि तोकेको थिएन।
चैत १० गतेपछि एकैपटक जेठ २५ गते नयाँ मूल्य तोकिएको थियो। चैत १० गते कारोबार बन्द हुँदा सुन प्रतितोला ७७ हजार रुपैयाँमा कारोबार भएको थियो
फाइल तस्बिरः रासस