बिहीबार, वैशाख १३, २०८१

एनआईसी एशिया लघुवित्तको आईपीओ आजदेखि

एनआईसी एशिया लघुवित्तले आज (असार १०) देखि साधारण सेयर (आईपीओ) बिक्री खुला गरेको छ । लघुवित्तले ४७ करोड ५५ लाख रुपैयाँबराबरको ४७ लाख ५५ हजार कित्ता सेयर बिक्री खुला गरेको हो । 
 |  बुधबार, असार १०, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, असार १०, २०७७

एनआईसी एशिया लघुवित्तले आज (असार १०) देखि साधारण सेयर (आईपीओ) बिक्री खुला गरेको छ । लघुवित्तले ४७ करोड ५५ लाख रुपैयाँबराबरको ४७ लाख ५५ हजार कित्ता सेयर बिक्री खुला गरेको हो । 

triton college

लघुवित्तले निष्कासन गर्न लागेको आईपीओमध्ये ०.५ प्रतिशत अर्थात् ७४ हजार कित्ता सेयर कर्मचारीको लागि छुट्याएको छ । यस्तै ५ प्रतिशत अर्थात् २ लाख ३७ हजार ८०० कित्ता सेयर सामूहिक लगानी कोषका लागि बाँडफाँड गरेको छ । बाँकी रहेको ४४ लाख ४३ हजार २०० कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् । 

१०० रुपैयाँ अंकित मूल्यमा निष्कासन हुन लागेको लघुवित्तको आईपीओमा असार १० (आज) देखि १४ गतेसम्म आवेदन दिन सकिने लघुवित्तले जनाएको छ । १४ गतेसम्म सबै सेयर बिक्री नभए असार २४ गतेसम्म आवेदन दिने समय रहने लघुवित्तले जनाएको छ । सर्वसाधारण लगानीकर्ताले लघुवित्तको सेयरमा कम्तीमा १० कित्ता र बढीमा २ लाख कित्तासम्मको लागि आवेदन दिन सक्नेछन् । 

आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सम्पूर्ण सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन गर्न सकिनेछ । साथै मेरो सेयर प्रयोगकर्ताले मेरो सेयरमार्फत पनि आवेदन गर्न सक्नेछन् ।

लघुवित्तले सेयर निष्कासनका लागि यसअघि नै बिक्री प्रबन्धकमा सानिमा क्यापिटललाई नियुक्त गरेको छ । लघुवित्तले निष्कासन गर्न लागेको आईपीओ लघुवित्त क्षेत्रको हालसम्मकै ठूलो हो ।

corrent noodles
Metro Mart

लघुवित्तले आईपीओ निष्कासनका लागि गराएको रेटिङमा केयर रेटिङ्स नेपालले ग्रेड ४ प्लस दिएको छ । जसले लघुवित्तको वित्तीय अवस्था औसतभन्दा कमजोर रहेको जनाउँछ । 

एनआईसी एशिया बैंकको सहायक कम्पनीका रूपमा जाजरकोटको खलङ्गामा केन्द्रीय कार्यालय स्थापना गरी २०७४ मंसिर १२ गतेदेखि सञ्चालनमा आएको थियो । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा लघुवित्तले १९ करोड १८ लाख खुद मुनाफा आर्जन गरेको छ । 

प्रकाशित: Jun 24, 2020| 10:59 बुधबार, असार १०, २०७७
प्रतिक्रिया दिनुहोस्