शनिबार, वैशाख ८, २०८१

झण्डा आकारको सडकमा १२ लाख स्वाहा

केही दिनयता एउटा सडकको तस्बिर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।
 |  मंगलबार, असार ९, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, असार ९, २०७७

केही दिनयता एउटा सडकको तस्बिर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।

triton college

नेपालको झण्डा आकारको देखिने उक्त सडक खण्डमा कतिपयले चन्द्र र सूर्यसमेत राखेर व्यंग्य गरिरहेका छन्। कतिले असारे विकासको विकृति भनेर पनि आलोचना गरिरहेका छन्।

सामाजिक सञ्जालमा भाइरल बनेको यो सडक कर्णाली प्रदेश, दैलेखको महाबु गाउँपालिका वडा नम्बर ४ मा पर्ने काप्रिखोला–बासखोला–गीताचौर खण्ड हो। १२ लाखको लागतमा उपभोक्ता समितिबाट निर्माण गरिएको उक्त सडकमा गाडी गुडाउन त के, पैदल हिँड्नसमेत गाह्रो छ।

काप्रीखोला–बासखोला–गीताचौर उपभोक्ता समितिले गत चैतमा निर्माण गरेको हो यो सडक। डोजर लगाएर सडक खनिएको थियो। चट्टान भएका कारण डोजर प्रयोग गरिएको गाउँपालिकाका अध्यक्ष जंगबहादुर शाहीले जनाए।

‘कडा चट्टानका कारण उपभोक्ता समितिले डोजर प्रयोग गरेको रहेछ,’ उनले भने, ‘गलत ढंगले सडक खन्ने अपरेटरलाई उपभोक्ता समितिले भुक्तानी दिएको छैन। सडकका विषयमा छानबिन समिति गठन गरेका छौँ,’ उनले भने।

corrent noodles
Metro Mart

तस्बिरले गाउँपालिकाकै बेइज्जत भएको भन्दै सुधार गर्न उपभोक्ता समितिलाई गाउँपालिका प्रशासनले सुझाव दिएको छ। महाबु गाउँपालिकाका कार्यकारी अधिकृत भक्तबहादुर मल्लले योजनाअनुसार काम नभए भुक्तानी नदिने बताए।

‘सडक निर्माण सम्पन्न भएको छैन, गाउँपालिकाले स्टिमेट अनुसार नै काम गर्न उपभोक्ता समितिलाई निर्देशन दिएको छ,’ मल्लले भने, ‘स्टिमेटअनुसार काम नभए सडक उपभोक्ता समितिलाई भुक्तानी दिँदैनौँ ।’

यता विवादित उपभोक्ता समितिको बैंक खाता रोकिदिन केही उपभोक्ताले नै गाउँपालिकासँग अनुरोध गरेका छन्। लाभान्वित उपभोक्ताको सहभागिताबिनै सीमित उपभोक्ताले आफू अनुकूल समिति गठन गरेको भन्दै सुवर्ण शाहीले समितिको बैंक खाता रोक्का गर्न गाउँपालिकामा निवेदन दिएका छन्।

लागत अनुमानअनुसार सडक निर्माण नभएको र बजेट दुरुपयोग गरिएको भन्दै शाहीले बैंक खाता रोक्न गाउँपालिकामा निवेदन दिएका हुन्।

प्रकाशित: Jun 23, 2020| 16:30 मंगलबार, असार ९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।