बिहीबार, वैशाख ६, २०८१

कोरोना संक्रमित रोपाइँ गर्न गएपछि...

क्वारेन्टिनबाट घर गएपछि कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएका कैलाली, गौरीगंगा नगरपालिका १ का एक पुरुष रोपाइँ गर्न खेतमा गएपछि गाउँमा त्रास बढेको छ।
 |  मंगलबार, असार ९, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, असार ९, २०७७

धनगढी–  कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएका कैलाली, गौरीगंगा नगरपालिका १ का एक पुरुष रोपाइँ गर्न खेतमा गएपछि गाउँमा त्रास बढेको छ।

triton college

संक्रमित व्यक्तिकी आमाले परिवारका सदस्य र छिमेकीसँगै छोराले पनि रोपाइँ गरेको बताइन्। “छोरालाई सुरुमा अलग्गै राख्यौं। तर, तीन दिनसम्म कुनै लक्षण नदेखिएपछि चौथो दिनदेखि काममा जान थालेका हाैं,” उनले भनिन्।

छोरा घर आएपछि स्वास्थ्यकर्मी र जनप्रतिनिधि कोही नआएको उनले बताइन्।

एक स्थानीयले कोरोना संक्रमित व्यक्ति गाउँमा रोपाइँ गर्न गएपछि गाउँमा संक्रमणको जोखिम बढेको बताए। “कोरोना संक्रमित गाउँ घुम्न थालेपछि गाउँमा त्राससमेत बढेको छ,” उनले भने।

स्थानीय पशुपति माविमा बनाइएको क्वारेन्टिनबाट घर गएका ती पुरुषसहित १८ जनालाई गत बुधबार सेती प्रादेशिक अस्पतालले कोरोना संक्रमण पुष्टि गरेको थियो।

corrent noodles
Metro Mart

गौरीगंगा नगरपालिका वडा नम्बर १ का वडाअध्यक्ष जगतराम चौधरीका अनुसार उनीहरुको गत जेठ २१ गते कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको थियो। गत जेठ ३० गते क्वारेन्टिनबाट ५० जना (सबै) घर गएको वडाअध्यक्ष चौधरीको दाबी छ।

स्थानीय प्रकाश थापाले सामाजिक सञ्जाल फेसबुकमार्फत क्वारेन्टिनबाट भाग्न बाध्य पारिएका कोरोना संक्रमितको निगरानीका लागि नगरपालिका कार्यालयको ध्यानाकर्षण गराएका छन्।

“पशुपति माविबाट भाग्न बाध्य पारिएका तथा भोगर घर गएका व्यक्तिको चार दिनपछि पीसीआर रिपोर्ट पोजेटिभ देखिएका १८ जनाको व्यवस्थापन र उनीहरुका घरपरिवारको निगरानी गर्नुपर्छ। यसबाट समाजमा पर्न गएको सामाजिक त्रास बारेमा नगरपालिकाको ध्यान जानुपर्छ,” उनले लेखेका छन्।

उनले संक्रमितलाई सुरक्षित ठाउँ राखी अनुगमन गर्न नगरपालिकाको ध्यानाकर्षण गराएका छन्।

नगरपालिकाकी उपमेयर अन्जला चौधरीले संक्रमितलाई आइसोलेसनमा राख्न पहल गरे पनि नमानेको बताइन्। “कसैले घरमा खेतीपाती गर्नु छ भने कसैले घरमै बस्छु भने,” उनले भनिन्।

नगरपालिका कार्यालयको स्वास्थ्य महाशाखाले क्वारेन्टिनबाट घर गएका १८ जना संक्रमितबाट कोरोना फैलन जोखिम नरहेको बताएका छन्। “संक्रमितलाई क्वारेन्टिनमै राखेको १४ दिनभन्दा बढी भइसकेकाले उनीहरुमा कोरोना भाइरस निष्क्रिय भइसकेको छ, त्यस कारण पीसीआर परीक्षण आवश्यक छैन,” नगरपालिकाको स्वास्थ्य महाशाखा स्रोतले भन्यो।

नगरपालिका कार्यालयले गत आइतबार प्रेस वक्तव्य जारी गर्दै सोमबारदेखि नगरपालिका क्षेत्रका पसल, व्यापार बन्दसँगै अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरेको जनाएको छ।

 

प्रकाशित: Jun 23, 2020| 15:50 मंगलबार, असार ९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।