फ्रान्समा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या घटेको छ।
पछिल्लो २४ घण्टामा त्यहाँ २३ जना संक्रमितको मृत्यु भएको छ। बीबीसीका अनुसार फ्रान्समा कोरोना संक्रमणका कारण हालसम्म २९ हजार ६६३ जनाको मृत्यु भइसकेको छ।
हाल त्यहाँका अस्पतालमा ९ हजार ६९३ संक्रमितको उपचार भइरहेको छ। फ्रान्समा हिजो सोमबारदेखि विद्यालय खोलिएको छ।