शुक्रबार, वैशाख ७, २०८१
  • गृहपृष्ठ
  • राजनीति
  • एमाले विधान महाधिवेशनको लोगो सार्वजनिक, टुंगो लाग्यो तीन हजार प्रतिनिधि

एमाले विधान महाधिवेशनको लोगो सार्वजनिक, टुंगो लाग्यो तीन हजार प्रतिनिधि

एमालेले विधान महाधिवेशनको लोगो जारी गरेको छ।
 |  बुधबार, भदौ ३०, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, भदौ ३०, २०७८

काठमाडौं- एमालेले विधान महाधिवेशनको लोगो जारी गरेको छ। आगामी १५–१७ असोजमा ललितपुरको गोदावरीस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा एमालेको पहिलो विधान महाधिवेशन आयोजना हुँदैछ।

triton college

एमालेले बुधबार दिउँसो सामाजिक सञ्जालमार्फत विधान महाधिवेशनको लोगो सार्वजनिक गरेको हो। एमालेले विधान महाधिवेशनमा भाग लिने प्रतिनिधिको टुंगो लगाएको छ। स्थायी कमिटीको शनिबार बसेको बैठकले करिब तीन हजार प्रतिनिधिको टुंगो लगाएको हो।

विधान महाधिवेशनमा भाग लिन पाउने प्रतिनिधि

१. केन्द्रीय कमिटीका पदाधिकारी र सदस्य, २. अनुशासन आयोगका पदाधिकारी र सदस्य, ३. लेखा परीक्षण आयोगका पदाधिकारी र सदस्य, ४. निर्वाचन आयोगका पदाधिकारी र सदस्य, ५. केन्द्रीय विभागका सचिवसहित १५ सदस्य, ६. सल्लाहकार परिषदका पदाधिकारी र सदस्य, ७. जेष्ठ कम्युनिस्ट मञ्चका पदाधिकारी र सदस्य, ८. प्रदेश र सो सरहका कमिटीका पदाधिकारी र सदस्य, ९. विशेष कमिटीका पदाधिकारी र सदस्य, १०. जिल्ला कमिटीका पदाधिकारी र सदस्य, ११. निर्वाचन क्षेत्रबाट महिला, दलित खुला एक सदस्य, १२. जनसंगठनका पदाधिकारीमध्येबाट १० जना, १३. पार्टी सदस्य रहेका संघीय संसदका सदस्य, १४. पार्टी सदस्य रहेका प्रदेशसभा सदस्य, १५. एमालेबाट निर्वाचित स्थानीय तहका प्रमुख र उपप्रमुख, १६. एकता प्रक्रिया र विभिन्न ठाउँबाट छुटेका १० प्रतिशत मनोनीत रहनेछन्। 

प्रकाशित: Sep 15, 2021| 13:45 बुधबार, भदौ ३०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...