काठमाडौं- दुई ठाउँमा पहिरो खसेपछि हेटौँडा कुलेखानी काठमाडौँ सडकखण्ड अवरुद्ध भएको छ ।
भीमफेदी गाउँपालिका–६ जुरीखेत र इन्द्र सरोवर गाउँपलिका–२ हेभीमा आज (सोमबार) बिहान पहिरो गएसँगै सडक अवरुद्ध भएको हो ।
अहिले दुबै ठाउँमा सडक खुलाउन स्काभेटरले पहिरो हटाउने काम शुरु गरिसकिएको र सम्भवतः आज दिउँसोसम्ममा सडक आवागमन पुनः शुरु हुने मकवानपुरका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले जानकारी दिए ।
सडक फराकिलो बनाउन कुलेखानीदेखि भीमफेदीसम्मका विभिन्न स्थानमा पहाड फोड्ने र रुख काट्ने क्रम तिब्र बनाएसँगै यो सडक जोखिमपूर्ण बन्दै गएको छ ।