बिहीबार, वैशाख १३, २०८१

बार्सिलोनालाई पछि पार्दै रियल मड्रिड शीर्ष स्थानमा

एजेन्सी– स्पेनिस ला लिगा अन्तर्गत गएरातिको जितसँगै रियल मड्रिड शीर्ष स्थानमा उक्लिएको छ। समान ६५ अंक रहेको बार्सिलोनालाई हेड टू हेडका आधारमा पछि पार्दै मड्रिड शीर्ष स्थानमा उक्लिएको हो।
 |  सोमबार, असार ८, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, असार ८, २०७७

एजेन्सी– स्पेनिस ला लिगा अन्तर्गत गएरातिको जितसँगै रियल मड्रिड शीर्ष स्थानमा उक्लिएको छ। समान ६५ अंक रहेको बार्सिलोनालाई हेड टू हेडका आधारमा पछि पार्दै मड्रिड शीर्ष स्थानमा उक्लिएको हो।

triton college

गएरातिको खेलमा मड्रिडले रियल सोडिडाडकको मैदान रेले एरियानामा घरेलु टिमविरुद्ध २–१ गोल अन्तरको जित निकालेको थियो। जितका लागि कप्तान सर्जियो रामोस र करिम बेञ्जेमाले एक–एक गोल गरे।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएपछि सबै गोल दोस्रो हाफमा सम्भव भयो। खेलको ५० औं मिनेटमा पेनाल्टीमा पाएको अवसरको सदुपयोग गर्दै रामोसले गोल गरे। भिनिसियल जुनियरमाथि फल भएपछि मड्रिडले पेनाल्टी पाएको थियो।

त्यस्तै ७० औं मिनेटमा बेञ्जेमाले गोल गरेपछि मड्रिडले २ गोलको अग्रता बनाएको थियो।

सोसिडाडका माइकेल मेरिनोले खेलको ८३ औं मिनेटमा गोल गर्दै खेलमा फर्कन चाहे पनि फर्कन सकेन। जसकारण मड्रिडले २–१ गोलको जित हात पार्यो।

corrent noodles
Metro Mart

गएराति नै सम्पन्न अन्य खेलमा सेल्टा भिगोले घरेलु मैदानमा अलाभेसलाई हराएको छ। उसले पाहुना टोलीलाई ६–० गोल अन्तरले हरायो। त्यस्तै भ्यालेन्सियाले पनि पाहुना टोली ओसासुनालाई २–० गोल अन्तरले हराएको छ।

जितसँगै सेल्टा भिगो १६ औं स्थानमा छ भने भ्यालेन्सिया आठौं स्थानमा छ।

आजका खेल
भिल्ला रियल र सेभिया, राति सवा ११ बजे
लेगानेस र ग्रानाडा, राति पौने २ बजे

प्रकाशित: Jun 22, 2020| 07:16 सोमबार, असार ८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।