शुक्रबार, वैशाख १४, २०८१
  • गृहपृष्ठ
  • समाज
  • कोरोना नियन्त्रणका लागि सुदूरपश्चिममा ५७ करोड ४८ लाख खर्च

कोरोना नियन्त्रणका लागि सुदूरपश्चिममा ५७ करोड ४८ लाख खर्च

सुदूरपश्चिम प्रदेश सरकारले कोभिड–१९ को रोकथाम, उपचार, व्यवस्थापनलगायतका काममा आजसम्म रु. ५७ करोड ४८ लाख खर्च भएको जनाएको छ ।
 |  सोमबार, असार ८, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, असार ८, २०७७

triton college
corrent noodles
Metro Mart

सुदूरपश्चिम प्रदेश सरकारले कोभिड–१९ को रोकथाम, उपचार, व्यवस्थापनलगायतका काममा आजसम्म रु. ५७ करोड ४८ लाख खर्च भएको जनाएको छ ।

यसबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाहले कोरोना भाइरसको रोकथाम उपचार र व्यवस्थापनका लागि खडा गरिएको कोषबाट रु ४२ करोड ४८ लाख र प्रदेश सरकारको थप रु १५ करोड कोभिड–१९ को उपचार रोकथाम र व्यवस्थापनका लागि खर्च भएको जानकारी दिए।

कोभिड–१९ को शुरुको चरणमा प्रदेशका स्थानीय तह धनगढी उपमहानगरपालिकालाई रु पाँच लाख, ३३ नगरपालिकालाई रु चार लाख र ५४ गाउँपालिकालाई रु तीन लाखका दरले रकम उपलब्ध गराइएकामा दोस्रो चरणमा राहत वितरण गर्न रु १५ करोड २६ लाख र तेस्रो चरणमा केही दिनअघि मात्र क्वारेन्टिन र आइसोलेशनको व्यवस्थापन गर्नका लागि रु छ करोड बजेट उपलब्ध गराइएको मन्त्री शाहले बताए।

यस्तै कोरोना भाइरस रोकथाम र व्यवस्थापनकै लागि प्रदेशको नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना, जिल्ला प्रशासन र राष्ट्रिय अनुसन्धानलाई समेत गरी रु एक करोड ५० लाख रकम उपलब्ध गराइएको छ । भेन्टिलेटर र अन्य अत्यावश्यक स्वास्थ्य सामग्री खरिदलगायतका काममा रु २० करोड खर्च भएको जनाइएको छ ।

मन्त्री शाहले भने, “आवश्यक दक्ष जनशक्तिका साथै किटलगायतका स्वास्थ्य सामग्रीको अभावको समस्याका बाबजुद सरकार कोभिड–१९ को उपचार व्यवस्थापन र रोकथाममा संवेदनशील छ ।” दार्चुलाको लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको ब्यास गाउँपालिकाको समग्र विकासका लागि प्रदेश सरकारले ध्यान केन्द्रित गरेको पनि मन्त्री शाहले बताए।

प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटमा कृषिमा आत्मनिर्भर बनाउन ल्याएको ‘नमुना गाउँ आफैं बनाऔँ कार्यक्रम कार्यान्वयनमा जोड दिएको उनले बताए । यस्तै रोगबाट बचाऔँ भोकबाट जोगाऔँ, मुख्यमन्त्री कृषि एकीकृत बस्ती विकास कार्यक्रम, प्रभावकारी स्वास्थ्य सेवाका लागि स्वास्थ्य स्वयंसेवक कार्यक्रम, मुख्यमन्त्री ज्येष्ठ नागरिक स्वास्थ्य कार्यक्रम, प्रदेशका गाउँ उज्यालो बनाऔँ र कूप्रथा हटाउन एउटै ‘सृष्टि समदृष्टि’ जस्ता कार्यक्रम पनि सञ्चालन गर्न लागेको छ ।

रासस

प्रकाशित: Jun 22, 2020| 07:08 सोमबार, असार ८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।