राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले सन्जिवकुमार ढुंगेललाई टेबलटेनिस प्रशिक्षक मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको छ। यो राखेप अन्तर्गतको अधिकृत तृतीयतर्फको जिम्मेवारी हो।
यसअघिका मुख्य प्रशिक्षक विनोद शाक्य ५८ वर्ष उमेर हदका कारण अनिवार्य अवकाश पाएपछि ढुंगेललाई जिम्मेवारी दिइएको राखेले जनाएका छ
४९ वर्षीय ढुंगेल २०५२ सालमा सहायक प्रशिक्षकमा राष्ट्रिय खेलकुद परिषद्को सेवामा प्रवेश गरेका थिए। उनी २०६४ सालमा प्रशिक्षकमा बढुवा भए।
गत मंसिरमा सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा ढुंगेल नेपाली टोलीका प्रशिक्षक मध्येका एक हुन्। १३ औं सागमा नेपालले १ रजत ४ कांश्य पदक जितेको थियो।
ढुंगेलले पाएको जिम्मेवारी इमान्दारीपूर्वक निर्वाह गर्ने बताउँदै टेबलटेनिस खेलको विकास र विस्तारमा समर्पित रहने प्रतिबद्धता जनाएका छन्।
अखिल नेपाल टेबलटेनिस संघले ढुंगेललाई मुख्य प्रशिक्षकमा नियुक्त भएको बधाइ दिँदै कार्यकाल पूर्ण सफलताका लागि कामना गरेको छ।