बिहीबार, वैशाख १३, २०८१
  • गृहपृष्ठ
  • समाज
  • कर्णालीका सबै जिल्लामा कोरोना फैलियो, थप ११ जनामा संक्रमण पुष्टि

कर्णालीका सबै जिल्लामा कोरोना फैलियो, थप ११ जनामा संक्रमण पुष्टि

कर्णालीका सबै जिल्लामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएको छ।
 |  आइतबार, असार ७, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, असार ७, २०७७

सुर्खेत- कर्णालीका सबै जिल्लामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएको छ। सबैभन्दापछि अर्थात जेठ ५ गते पहिलो संक्रमण देखिएको कर्णालीमा आजसम्म आइपुग्दा प्रदेशका १० वटै जिल्लामा कोरोना संक्रमण फैलिएको हो।

triton college

कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार शनिबार रुकुमपश्चिमको मुसिकोट नगरपालिका ११ का ३३ वर्षीया पुरुषमा संक्रमण पुष्टि भएसँगै कोरोना प्रदेशभर फैलिएको हो।

शनिबार राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको पीसीआर परीक्षणमा रुकुममा ती युवामा संक्रमण पुष्टि भएको मन्त्रालयका स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिए।

रुकुमका ती युवासहित कर्णालीमा थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।

प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो। जसमध्ये सल्यानको वनगाड कुपिन्डे नगरपालिका वडा नम्बर २, ३, ५ र ६ मा एक/एक जना र वडा नम्बर ४ मा दुई जना छन्।

corrent noodles
Metro Mart

सुर्खेतको भेरीगंगा नगरपालिका वडा नम्बर ७ र ८ मा एक/एक जना र दैलेखको महावु गाउँपालिका वडा नम्बर १ मा दुई जना संक्रमित छन्।

योसँगै कर्णालीमा कोरोना संक्रमितको संख्या १२ सय ५६ पुगेको छ। संक्रमितमध्ये दैलेखमा सबैभन्दा बढी अर्थात सात सय ११, सुर्खेतमा दुई सय ७९, सल्यानमा एक सय ६९, कालिकोटमा ४२, जुम्लामा २४, जाजरकोटमा १०, मुगुमा दुई र हुम्ला, डोल्पा तथा रुकुम पश्चिममा एक/एक जना छन्।

कर्णालीका प्रयोगशालामा गरिएको परीक्षणमा सुदूरपश्चिम प्रदेशका १६ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ।

त्यस्तै, कर्णालीमा आज १४ जना कोरोनामुक्त भएका छन्। दैलेखस्थित नौमुले आइसोलेसन सेन्टरबाट सात, सुर्खेतस्थित प्रदेश अस्पताल तथा सल्यानस्थित सल्यान बहुमुखी क्याम्पसबाट तीन/तीन र जाजरकोट अस्पतालबाट एक जना कोरोनामुक्त भएका छन्।

योसँगै कर्णालीमा कोरोना संक्रमणमुक्त हुनेको संख्या पाँच सय ३१ जना पुगेको छ।

प्रकाशित: Jun 21, 2020| 13:48 आइतबार, असार ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।