मंगलबार, वैशाख ४, २०८१

उद्योगमन्त्री लेखराज भट्टले बेचे ग्यास उद्योग

कैलालीमा रहेको सैपाल ग्यास उद्योग बिक्री भएको छ । सो उद्योग नेपाल एलपी ग्यास उद्योग संघका निवर्तमान अध्यक्ष शिवप्रसाद घिमिरेले किनेका छन्।
 |  आइतबार, असार ७, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, असार ७, २०७७

कैलालीमा रहेको सैपाल ग्यास उद्योग बिक्री भएको छ । सो उद्योग नेपाल एलपी ग्यास उद्योग संघका निवर्तमान अध्यक्ष शिवप्रसाद घिमिरेले किनेका छन्।

triton college

उद्योगी घिमिरेले सैपाल ग्यास उद्योग १८ करोडमा आफूले किनेको जानकारी दिएका छन् । उनले सुदूरपश्चिमका जनतालाई मध्यनजर राख्दै आफूले त्यहाँ उद्योग खोल्न चाहेको भए पनि सञ्चालनमा नै रहेको उद्योग बिक्रीमा रहेको जानकारी पाएपछि आफूले किनेको बताएका छन् ।

सैपाल ग्यास उद्योग, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टको स्वामित्वमा थियो। सो उद्योगको सञ्चालिका मन्त्री भट्टकी श्रीमती निर्मलादेवी भट्ट छिन् । सो उद्योगमा भट्टका अन्य चार जना आफन्त पनि सञ्चालक थिए।

यसअघि उद्योगी घिमिरेका एभरेष्ट, सुगम, सहारा, त्रिशूल, कामाख्या र प्रिमा ग्यास उद्योग सञ्चालनमा छन्।

कैलालीमा रहेको सैपाल ग्यास उद्योगले तीन महिनाअघिमात्र सञ्चालनको लागि अनुमति पाएको थियो । उद्योग सञ्चालनका लागि लिइएको ऋण १२ करोड पुगेपछि मन्त्री भट्टले उद्योग बिक्री गरेको बताइएको छ।

corrent noodles
Metro Mart

 

प्रकाशित: Jun 21, 2020| 13:34 आइतबार, असार ७, २०७७
प्रतिक्रिया दिनुहोस्