शनिबार, वैशाख ८, २०८१
  • गृहपृष्ठ
  • समाज
  • सुरक्षा अवस्थाबारे छलफल गर्न सेनाको पृतना सम्मेलन सुरु

सुरक्षा अवस्थाबारे छलफल गर्न सेनाको पृतना सम्मेलन सुरु

मुलुकको सुरक्षा अवस्था र कोभिड–१९ बाट उत्पन्न परिस्थितिसहित समसामयिक विषयमा छलफल गरी भाबी रणनीति तय गर्ने उद्देश्यले सैनिक मुख्यालय जङ्गीअड्डामा शुक्रबार पृतनापति सम्मेलन सुरु भएको छ।
 |  शुक्रबार, असार ५, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, असार ५, २०७७

काठमाडौं- मुलुकको सुरक्षा अवस्था र कोभिड–१९ बाट उत्पन्न परिस्थितिसहित समसामयिक विषयमा छलफल गरी भाबी रणनीति तय गर्ने उद्देश्यले सैनिक मुख्यालय जङ्गीअड्डामा शुक्रबार पृतनापति सम्मेलन सुरु भएको छ।

triton college

सम्मेलनमा उपत्यका बाहिरका सात र उपत्यका पृतनाले आ–आफ्नो कार्यक्षेत्रको शान्ति सुरक्षा र चुनौतीलगायतका विषयमा पृतनापतिबाट विश्लेषणात्मक प्रस्तुति हुनेछ।

सम्मेलनमा राष्ट्रिय सुरक्षा अवस्था, कोभिड–१९ को जिम्मेवारीको समीक्षाका साथै सहजी कार्यमा देखिएका कठिनाइ, संविधानले दिएको जिम्मेवारी बहन गर्दा लाग्ने गरेका लाञ्छना र नेत्रविक्रम चन्द समूहका क्रियाकलापलगायतका विषयमा केन्द्रित रहेर छलफल भइरहेको प्रवक्ता विज्ञानदेव पाण्डेले बताए।

सम्मेलनमा पृतनाका अतिरिक्त महानिर्देशनालय र विभागका तर्फबाट समेत कार्य जिम्मेवारी र भाबी योजनाबारे प्रस्तुति हुनेछ। सेनाको पृतनाको नेतृत्व उपरथी तहबाट हुँदै आएको छ।

मुलुकको प्रमुख सुरक्षा अङ्गका रुपमा रहेको सेनाले कोभिड–१९ को जोखिम, नियन्त्रण र प्रतिकार्यमा प्रमुख जिम्मेवारीका साथ काम गर्दै आएको छ। सेनाले प्रत्येक छ/छ महिनामा पृतना सम्मेलन गर्दैआएको छ। सम्मेलन आइतबार सकिनेछ। -रासस

corrent noodles
Metro Mart

प्रकाशित: Jun 19, 2020| 22:10 शुक्रबार, असार ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।