शुक्रबार, वैशाख १४, २०८१

लकडाउन व्यवस्थित गर्न नयाँ सुरक्षा मापदण्ड

कोरोना संक्रमणको जोखिम न्यूनिकरणका लागि गृहमन्त्रालयले लकडाउन व्यवस्थित गर्न नयाँ सुरक्षा मापदण्ड जारी गरेको छ।
 |  शुक्रबार, असार ५, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, असार ५, २०७७

काठमाडौं- कोरोना संक्रमणको जोखिम न्यूनिकरणका लागि गृहमन्त्रालयले लकडाउन व्यवस्थित गर्न नयाँ सुरक्षा मापदण्ड जारी गरेको छ।

triton college

शुक्रबार मन्त्रालयले ‘बन्दाबन्दीलाई व्यवस्थित गर्ने सम्बन्धी सुरक्षा मापदण्ड, २०७७’ जारी गरेको हो।

जसअनुसार अब राती १० बजेदेखि बिहान ५ बजेसम्म अत्यावश्यक कामबाहेक हिँडडुल गर्न पाइने छैन।

त्यस्तै बिवाह, मृत्यु संस्कार तथा पूजापाठमा १५ जनाभन्दा बढी भेला हुन नपाइने भएको छ। नयाँ मापदण्डअनुसार विवाह, ब्रतबन्ध, मृत्यु संस्कार, चाडपर्व, पूजा पाठलगायतका सामाजिक सांस्कृतिक कार्यक्रमहरुमा १५ जनाभन्दा बढी भेला हुन नपाइने भएको हो।

यस्तै मालसामान ढुवानी गर्ने कुनै पनि प्रकारको सवारी साधनहरुले चालक, सहचालकबाहेक अन्य कुनै पनि यात्रुको ओसारपसार गर्न पाइने छैन।

corrent noodles
Metro Mart

तोकिएको वस्तु वा सेवाको कारोबार गर्दा वा कार्यस्थलमा कामकाज गर्दा, सेवा प्रवाह एवम् आवातजावत लगायतका कार्यमा संलग्न रहने व्यक्तिले अनिवार्य मास्क प्रयोग गर्नुपर्ने स्यानिटाइजर साथमा राख्नुपर्ने नयाँ सुरक्षा मापदण्डमा उल्लेख गरिएको छ।

प्रकाशित: Jun 19, 2020| 17:35 शुक्रबार, असार ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।