शुक्रबार, वैशाख १४, २०८१
  • गृहपृष्ठ
  • समाज
  • सोती घटना : मृतकका परिवारलाई कर्णाली प्रदेश सरकारले एक-एक लाख दिने

सोती घटना : मृतकका परिवारलाई कर्णाली प्रदेश सरकारले एक-एक लाख दिने

कर्णाली प्रदेश सरकारले रूकुमपश्चिम चौरजहारी–८ सोती घटनामा मृत्यु भएका ६ जनाका परिवारलाई जनही एक लाख रुपैयाँ दिने निर्णय गरेको छ।
 |  शुक्रबार, असार ५, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, असार ५, २०७७

सुर्खेत- कर्णाली प्रदेश सरकारले रूकुमपश्चिम चौरजहारी–८, सोतीको घटनामा मृत्यु भएका ६ जनाका परिवारलाई जनही एक लाख रुपैयाँ दिने निर्णय गरेको छ।

triton college

सोमबार बसेको कर्णाली प्रदेश मन्त्रीपरिषद्को बैठकले मृतकका परिवारलाई राहत स्वरुप एक-एक लाख दिने निर्णय गरेको हो।

मन्त्रिपरिषदका निर्णय आज सार्वजनिक गर्दै प्रदेश सरकारका प्रवत्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री बिमला केसीले मृतकका परिवारलाई एक एक लाख रुपैयाँका दरले राहत रकम उपलब्ध गराउने जानकारी दिइन्।

अन्तरजातीय प्रेम सम्बन्धलाई लिएर गत जेठ १० गते सोतीमा भएको घटनामा भेरी नगरपालिका–४ का नवराज बिक, गोविन्द शाही, सञ्जु (सन्दीप) बिक, वडा नम्बर ११ का लोकेन्द्र सुनार, कुशे गाउँपालिका–२ का गणेश बुढामगर र चौरजहारी नगरपालिका–१ का टीकाराम सुनारको मृत्यु भएको थियो।

प्रकाशित: Jun 19, 2020| 15:42 शुक्रबार, असार ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।