काठमाडौं– बेरुत घटनापछि सरकारले जनताको भावना आत्मसात गर्न नसकेको भन्दै सञ्चारमन्त्री मनल अब्देल समादले राजीनामा दिएकी छन्।
समाचार संस्था रोयटर्सका अनुसार आइतबार सञ्चारमन्त्री समादले सरकारको कामप्रति असन्तुष्ट हुँदै राजीनामा दिएकी हुन्।
राजीनामापत्रमा उनले लेखेकी छन्, ‘सरकार मृतकको परिवार र घाइतेप्रति संवेदनशील हुन सकेन, जनताले चाहेअनुसारको काम भएन। जनताको चाहाना पूरा गर्न नसकेकोमा क्षमाप्रार्थी छु।’
गत मंगलबार लेबनानको राजधानी बेरुतमा विस्फोट भएको थियो। विस्फोटमा परी आइतबारसम्म १५८ जनाको मृत्यु भएको छ। घटनामा पाँच हजारभन्दा बढी घाइते भएका छन्।