काठमाडौं- बाजुरामा क्वारेन्टिनमा आत्महत्या गरेका पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ।
जिल्लाको बडिमालिका नगरपालिका-२ भौनेरास्थित सत्यवादी माध्यामिक विद्यालयमा जेठ ३० गते आत्महत्या गरेका पुरुषमा कोरोना पुष्टि भएको हो।
आत्महत्या गरेका बडिमालिका नगरपालिका-२ माझिगाउँका ४५ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय बाजुराका प्रमुख दयाकृष्ण पन्तले बताए।
जेठ २८ गते भारतबाट आएर क्वारेन्टिनमा बसेका ति पुरुषले झुन्डिएर आत्महत्या गरेका थिए।
लामो समयदेखि भारतमा बस्दै आएका र उनीसँगै पत्नी र चार छोराछोरी नेपाल आएका थिए।
यसअघि अर्घाखाँची र सुर्खेतमा आत्महत्या गर्ने दुई जनामा पनि कोरोना पुष्टि भएको थियो।