मंगलबार, वैशाख ११, २०८१

कर्णाली : समुदायमा फैलिँदै कोरोना

जेठ ३१ र ३२ गते प्रदेश अस्पताल सुर्खेतमा उपचार गर्न आएका तीन जना बिरामीमा कोरोना संक्रमण देखियो।
 |  बिहीबार, असार ४, २०७७

देव राना

देव राना

बिहीबार, असार ४, २०७७

सुर्खेत- जेठ ३१ र ३२ गते प्रदेश अस्पताल सुर्खेतमा उपचार गर्न आएका तीन जना बिरामीमा कोरोना संक्रमण देखियो। अस्पतालका कोरोना फोकल पर्सन डाक्टर केएन पौडेलका अनुसार उनीहरु समुदायस्तरबाटै कोरोना संक्रमित भएका हुन्।

triton college

जेठ २९ गते चिङ्गाड गाउँपालिका–५ का एक युवकमा कोरोना संक्रमण पुष्टि भयो। लकडाउन हुनुअघि काठमाडौंबाट चिङ्गाड आएका उनमा समुदायबाटै संक्रमण भएको हो।

जेठ २० गते सुर्खेतको बराहताल गाउँपालिकका एक युवकमा कोरोना संक्रमण पुष्टि भयो। उनी न भारत गएका थिए नत संक्रमित ठाउँबाट गाउँ फर्किएका थिए।

सोही दिन डोल्पाको जगदुल्ला गाउँपालिका–३ का ५८ वर्षीय पुरुषको मृत्यु भयो। माघदेखि सुर्खेतमै बसेर दमको उपचार गराइरहेका उनी जेठ १८ गते गाउँ फर्किएका थिए । गाउँ फर्किएको दुई दिनमै मृत्युको मुखमा पुगेका उनमा कसरी कोरोना संक्रमणको कारण अझै खुलेको छैन।

यी घटनाक्रमले कर्णालीमा कोरोना भाइरसको संक्रमण समुदायस्तरसम्म फैलिएको पुष्टि हुन्छ। कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयले दैलेखका २ र सुर्खेतका ३ जनामा  कोरोना संक्रमण देखिएको जनाएको छ।

corrent noodles
Metro Mart

‘कर्णाली कोरोना संक्रमण लकभग समुदायमा प्रवेश गरिसकेको छ’, सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले भने, ‘तर संक्रमितहरु समुदायसम्म पुगे पनि महामारीको रुप लिन सक्ने अवस्था छैन।’

विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार १४ दिनसम्म क्वारेन्टिनमा बसेर संक्रमित समुदायमा पुगे पनि अन्य व्यक्तिमा सर्ने सम्भावना निकै न्यून हुने उनको तर्क छ।

‘कर्णाली प्रवेश गरेका अधिकांश नागरिक १४ दिनसम्म क्वारेन्टिनमा बसेर समुदायमा पुगेका छन्। दुईदेखि तीन हप्ताको बीचमा संक्रमित व्यक्तिमा भएको भाइरस अन्य व्यक्तिमा सर्ने सम्भावना न्यून हुन्छ।’

क्वारेन्टिन र आइसोलेसनको अवधि पूरा गरेका व्यक्तिबाट कोरोनाले महामारीको रुप लिन नसक्ने उनी बताउँछन्। यद्यपि थप सजकता अपनाउनुको विकल्प नभएको उनको तर्क छ।

पछिल्लो समय संक्रमित क्षेत्रबाट मात्रै झन्डै ४३ हजार बढी नागरिक गाउँ फर्किएका छन्। जसमध्ये धेरै नागरिकको आरडीटी विधिबाट कोरोना परीक्षण गरिएको छ।

तर कोरोना भए/नभएको पुष्टि गर्ने एकमात्र विधि पीसीआर परीक्षणको दायरा निकै न्यून छ। जसले गर्दा विदेश र संक्रमित क्षेत्रबाट गाउँ फर्किएका सबै नागरिकको कोरोना परीक्षण हुन सकेको छैन।

प्रकाशित: Jun 18, 2020| 14:20 बिहीबार, असार ४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।