बुधबार, वैशाख १२, २०८१

कोरोनाले चार महिना धकेलिएको कक्षा १२ को परीक्षा आजबाट

कोरोना भाइरस महामारीका कारण चार महिना पर धकेलिएको कक्षा १२ को वार्षिक परीक्षा बुधबारबाट सञ्चालन हुँदैछ।
 |  बुधबार, भदौ ३०, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, भदौ ३०, २०७८

काठमाडौं- कोरोना भाइरस महामारीका कारण चार महिना पर धकेलिएको कक्षा १२ को वार्षिक परीक्षा बुधबारबाट सञ्चालन हुँदैछ। पहिलो दिन अनिवार्य अंग्रेजीको परीक्षा हुँदैछ।

triton college

परीक्षा बिहान ११ देखि दिउँसो २ बजेसम्म सञ्चालन हुनेछ। ८ असोजसम्म सञ्चालन हुने परीक्षामा ३ लाख ७४ हजार विद्यार्थी छन्। परीक्षामा विद्यार्थीलाई होम सेन्टर कायम गरिएको छ, ४ हजार ३१५ वटा परीक्षा केन्द्र छन्।

गत जेठमा हुनुपर्ने परीक्षा कोरोना संक्रमणका कारण ३१ साउनका लागि सारिएको थियो। तर, कोरोना नियन्त्रणमा नआएको र जोखिम कायमै रहेको भन्दै फेरि परीक्षा सारिएको थियो।

परीक्षा बोर्ड (कक्षा ११ र १२ हेर्ने)परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माका अनुसार अधिकांश विद्यार्थीले खोप लगाइसकेको र  संक्रमण पनि कम हुँदै गएकाले परीक्षा सञ्चालन भएको हो।  -न्युज कारखाना

प्रकाशित: Sep 15, 2021| 07:43 बुधबार, भदौ ३०, २०७८
प्रतिक्रिया दिनुहोस्