बिहीबार, वैशाख १३, २०८१
  • गृहपृष्ठ
  • समाज
  • प्रदेश २ : कोरोना संक्रमितको संख्या २५ सय नाघ्यो, महोत्तरीमा एकै दिन दुई सयमा संक्रमण

प्रदेश २ : कोरोना संक्रमितको संख्या २५ सय नाघ्यो, महोत्तरीमा एकै दिन दुई सयमा संक्रमण

बुधबार एकै दिन २१ महिलासहित ३४१ जनामा संक्रमण पुष्टि भएको छ।
 |  बुधबार, असार ३, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, असार ३, २०७७

जनकपुरधाम- प्रदेश २ मा कोरोना संक्रमितको संख्या २५ सय नाघेको छ। बुधबार एकै दिन २१ महिलासहित ३४१ जनामा संक्रमण पुष्टि भएको छ।

triton college

सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेश २ मा कोरोना संक्रमितको संख्या २ हजार ७१५ पुगेको छ।

बुधबार सबैभन्दा बढी महोत्तरीमा दुई सय जनामा संक्रमण पुष्टि भएको छ।

महोत्तरीको सम्सी गाउँपालिका, लोहारपट्टी नगरपालिका, वलवा नगरपालिका, औरही नगरपालिका र जलेश्वर नगरपालिकास्थित क्वारेन्टिनमा रहेका व्यक्तिमा संक्रमण पुष्टि भएको मन्त्रालयका सचिव रामप्रसाद घिमिरेले जानकारी दिए।

महोत्तरीमा कोरोना संक्रमितको संख्या ५०७ पुगेको छ।

corrent noodles
Metro Mart

रौतहटमा १११ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। रौतहटको परवा, देवाही गोनाही, मौलापुर, ईशनाथ र बौधीमाई नगरपालिकास्थित क्वारेन्टिनमा रहेका व्यक्तिमा संक्रमण पुष्टि भएको छ। रौतहटमा कोरोना संक्रमितको संख्या १ हजार ५ पुगेको छ ।

बुधबार धनुषामा दुई महिलासहित २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमण पुष्टि भएकाहरुको ठेगाना स्पष्ट हुन नसकेको सचिव घिमिरेले बताए। धनुषामा कोरोना संक्रमितको संख्या २११ पुगेको छ।

यसैगरी सर्लाहीको हरिपुर नगरपालिकास्थित क्वारेन्टिनमा रहेका ६ जनामा संक्रमण पुष्टि भएको छ। सर्लाहीमा कोरोना संक्रमितको संख्या ५३३ पुगेको मन्त्रालयले जनाएको छ।

सिरहाको भगवानपुरस्थित क्वारेन्टिनका एक र बाराको पचरौता, कलैया र सिम्रौनगढ नगरपालिका गरी ४ जनामा संक्रमण पुष्टि भएको छ।

बारामा कोरोना संक्रमितको संख्या १०० पुगेको छ।

सप्तरी र पर्सामा भने बुधबार कुनै व्यक्तिमा संक्रमण पुष्टि भएको नतिजा प्राप्त नभएको मन्त्रालयले जनाएको छ। पछिल्लो विवरणअनुसार सप्तरीमा कोरोना संक्रमितको संख्या १३२ र पर्सामा १५३ छ।

कोरोना संक्रमितको संख्या निरन्तर बढ्दै गएपछि प्रदेश २ मा आइसोलेसनको अभाव हुन थालेको छ। प्रदेश २ मा कोरोना संक्रमितको संख्या २ हजार ७१५ रहेकोमा आइसोलेसन बेड १ हजार ४३० मात्र छ।

प्रकाशित: Jun 17, 2020| 19:45 बुधबार, असार ३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।