शनिबार, वैशाख ८, २०८१
  • गृहपृष्ठ
  • समाज
  • संसदमा स्वास्थ्यसम्बन्धी जरुरी सार्वजनिक महत्त्वको सूचना दर्ता

संसदमा स्वास्थ्यसम्बन्धी जरुरी सार्वजनिक महत्त्वको सूचना दर्ता

कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँण, सचेतक पुष्पा भुसाल गौतम र सांसद गगनकुमार थापाले बुधबार स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालको ध्यानाकर्षणका लागि उक्त सूचना दर्ता गराएका हुन्।
 |  बुधबार, असार ३, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, असार ३, २०७७

काठमाडौं- नेपाली कांग्रेसले कोरोना भाइरस संक्रमण रोकथाम र उपचारमा सरकारका तर्फबाट भएका कामका सम्बन्धमा स्पष्ट पार्न र जनस्वास्थ्यमा महासंकट आउन नदिन तत्काल संसद्ले सरकारलाई मार्गनिर्देशन गर्न अपरिहार्य भएको भन्दै सदनमा जरुरी सार्वजनिक महत्त्वका विषयमा ध्यानाकर्षणको सूचना दर्ता गराएको छ।

triton college

कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँण, सचेतक पुष्पा भुसाल गौतम र सांसद गगनकुमार थापाले बुधबार स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालको ध्यानाकर्षणका लागि उक्त सूचना दर्ता गराएका हुन्।

स्वास्थ्य मन्त्रालयसँग सम्बन्धित सूचनामा परीक्षणसम्बन्धी मापदण्डको परिमार्जन, पीसीआर विधिबाट हुने परीक्षणको गतिमा तीव्रता र दायरा फराकिलो बनाउनुपर्ने, क्वारेन्टिनलाई प्रभावकारीरुपमा व्यवस्थित बनाउनुपर्ने, कन्ट्याक्ट ट्रेसिङ क्षमतालाई सबलीकरण र विस्तार गर्नुपर्ने, कोरोना सङ्क्रमणको उपचारका लागि डेडिकेटेड अस्पताललाई व्यवस्थित बनाउनुपर्ने, कोरोनाबाहेकका अन्य रोगका बिरामीले सहज उपचार पाउने व्यवस्था गर्नुपर्ने विषयमा ध्यानाकर्षण गराइएको छ।

यसैगरी स्वास्थ्य सामग्री खरिद, विदेशबाट नागरिक उद्धार, क्वारेन्टिन व्यवस्थापन, राहत वितरणलगायतका विषयमा भएका अनियमितता प्रकरणका घटना र हालसम्म भएको भनिएको रु १० अर्बको खर्चको विवरण, विदेशबाट आउने नेपालीका लागि क्वारेन्टिन, परीक्षण र परामर्शका लागि आवश्यक प्राविधिक तयारीका सम्बन्धमा ध्यानाकर्षण गराइएको छ। नेपालमा पछिल्ला दिनमा कोरोना संक्रमण बढ्दै गएको अवस्था छ। -रासस

प्रकाशित: Jun 17, 2020| 18:20 बुधबार, असार ३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।