बुधबार, वैशाख १२, २०८१

पुँजीगत लाभकरलाई नै अन्तिम लाभकर मान्न बोर्डको आग्रह

नेपाल धितोपत्र बोर्डले पुँजीगत लाभकरको बारेमा स्पष्ट पारेको छ । बोर्डले बुधबार विज्ञप्ति जारी गरी पुँजीगत लाभकरलाई नै अन्तिम कर मानी गणना गर्ने व्यवस्था गर्न कर कार्यालयहरुलाई अनुरोध गरेको छ ।
 |  बुधबार, असार ३, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, असार ३, २०७७

नेपाल धितोपत्र बोर्डले पुँजीगत लाभकरको बारेमा स्पष्ट पारेको छ । बोर्डले बुधबार विज्ञप्ति जारी गरी पुँजीगत लाभकरलाई नै अन्तिम कर मानी गणना गर्ने व्यवस्था गर्न कर कार्यालयहरुलाई अनुरोध गरेको छ ।

triton college

कतिपय कर कार्यालयहरुले पुँजीगत लाभकरलाई नै अन्तिम कर मानी गणना गरे पनि कतिपय कर कार्यालयहरुले पुँजीगत लाभकरलाई अन्तिम कर मान्न अस्वीकार गरी कर चुक्ताको प्रमाणपत्र नदिँदा समस्या उत्पन्न भएको थियो ।

कर कार्यालयहरुले पुँजीगत लाभकरलाई नै अन्तिम कर मान्ने विषयमा स्पष्ट व्यवस्था नभएको भन्दै आइरहेका थिए । पुँजीगत लाभकरको व्यवस्थाबारे स्पष्ट पार्न जरुरी रहेको भन्दै बोर्डले विज्ञप्ति जारी गरेको हो ।

धितोपत्र बजारमा लगानीकर्ताहरुले लामो समयदेखि तिर्दै आएको पुँजीगत लाभकरलाई अन्तिम करको रुपमा गणना गरिदिने व्यवस्था गर्न माग गर्दै आएका थिए।

 

corrent noodles
Metro Mart

प्रकाशित: Jun 17, 2020| 14:41 बुधबार, असार ३, २०७७
प्रतिक्रिया दिनुहोस्