डडेल्धुराको परशुराम नगरपालिकाका प्रमुख भीमबहादुर साउदले डडेल्धुरामा पिसीआर मेसिन खरिदका लागि रु. पाँच लाख सहयोग गरेका छन्।
आफ्ना स्व. दाजु दलबहादुर साउदको स्मृतिमा राजेन्द्र निर्माण सेवा प्रालिका तर्फबाट नगर प्रमुख साउदले उक्त रकम सहयोग गरेका हुन्।
सुदूरपश्चिममा कोरोना परीक्षण गर्ने पिसीआर मेसिन एउटा मात्र रहेकाले परीक्षणको दायरा बढाउन डडेल्धुरामा पिसीआर मेसिन खरिद गर्न लागिएको हो । डडेल्धुरामा पिसीआर मेसिन खरिद गरेर जडान गर्न थुप्रै अभियान शुरु भइरहेका छन् ।
रासस