शनिबार, वैशाख ८, २०८१
  • गृहपृष्ठ
  • समाज
  • बाँकेमा कोरोनाबाट थप एक जनाको मृत्यु, मृतकको संख्या २० पुग्यो

बाँकेमा कोरोनाबाट थप एक जनाको मृत्यु, मृतकको संख्या २० पुग्यो

बाँकेमा कोरोनाबाट थप एकजनाको मृत्यु भएको छ। बैजनाथ गाउँपालिकाकी ४५ वर्षीया महिलाको कोरोनाबाट मृत्यु भएको हो ।
 |  बुधबार, असार ३, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, असार ३, २०७७

नेपालगञ्ज- बाँकेमा कोरोनाबाट थप एकजनाको मृत्यु भएको छ। बैजनाथ गाउँपालिकाकी ४५ वर्षीया महिलाको कोरोनाबाट मृत्यु भएको हो ।

triton college

उनको पनि मृत्युपछि मात्रै स्वाव संकलन गर्ने काम भएको थियो भने मृत्यु भएको २४ घण्टापछि कोरोना पुष्टि भएको छ ।

मृतक महिला बिरामी भएपछि जेठ ३० गते मेडिकल कलेज, कोहलपुरमा उपचार गराउन आएको बताइएको छ । असार १ गते सोमबार साँझ उनको उपचारका क्रममा मृत्यु भएको थियो । मृत्युभएपछि सोहि दिन दिउँसो स्वाव लिइएको थियो।

स्वावको मंगलबार राती आठ बजे रिपोर्ट आउदा महिलामा कोरोना देखिएको हो। उनको आज (बुधबार) मात्र शब ब्यबस्थापन गरिने जिल्ला स्वास्थ कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या दुई पुगेको छ भने देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या २० पुगेको छ ।

corrent noodles
Metro Mart

बाँकेमा यसअघि नरैनापुरका युवकको कोरोनाबाट मृत्यु भएको थियो। बाँकेमा ३ सय २३ जना संक्रमित देखिदा दुई सय सात जना डिस्चार्ज भएका छन्।

प्रकाशित: Jun 17, 2020| 06:59 बुधबार, असार ३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।