बिहीबार, वैशाख १३, २०८१
  • गृहपृष्ठ
  • समाज
  • कोरोना रोकथाम गर्न संघीय र प्रदेश सरकार संवेदनशील भएनन् : कांग्रेस

कोरोना रोकथाम गर्न संघीय र प्रदेश सरकार संवेदनशील भएनन् : कांग्रेस

जनकपुरधाम– नेपाली कांग्रेस धनुषाले प्रहरी हिरासतमा मृत्यु भएका शम्भु सदा घटनाको उच्चस्तरीय छानबिन समिति गठन गरी दोषीलाई कारबाही गर्न माग गरेको छ ।
 |  मंगलबार, असार २, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, असार २, २०७७

जनकपुरधाम– नेपाली कांग्रेस धनुषाले प्रहरी हिरासतमा मृत्यु भएका शम्भु सदा घटनाको उच्चस्तरीय छानबिन समिति गठन गरी दोषीलाई कारबाही गर्न माग गरेको छ ।

triton college

मंगलबार प्रमुख जिल्ला अधिकारीमार्फत् प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै कांग्रेसले यस्तो माग गरेको हो । २८ जेठमा धनुषास्थित ईलाका प्रहरी कार्यालयको हिरासतमा शम्भु मृत भेटिएका थिए ।

यसका साथै कांग्रेसले धनुषाको जटही नाकामा मृत्यु भएका वीरेन्द्र गुरमैता यादवको परिवारलाई पनि उचित क्षतिपूर्ति उपलब्ध गराउन पार्टीका जिल्ला सभापति महेश शंकर गिरीले बुझाएको ज्ञापनपत्रमा सरकारसँग माग गरिएको छ ।

सरकार कोरोना नियन्त्रण तथा रोकथामका साथै गरिब तथा विपन्न परिवारलाई उचित राहत पुर्याउन असफल भइसकेको कांग्रेसले आरोप लगाएको छ । मापदण्डविपरितका अव्यवस्थित क्वारेन्टिनहरु कोरोना संक्रमण विस्तारको केन्द्र बन्दै गएको भन्दै क्वारेन्टिनभित्र देखिएका बेथितिहरु तत्काल सुधार गर्न उसले सरकारसँग माग गरेको छ ।

८३ औं दिनपछि लकडाउन केही खुकुलो भए पनि स्वास्थ्य सामग्रीको अपर्याप्तताका कारण पीसीआर परीक्षण सुस्त गतिमा भइरहेको कांग्रेसले आरोप लगाएको छ ।

corrent noodles
Metro Mart

सरकारको उदासीनता र असंवेदनशीलताका कारण भारतलगायत विश्वका अन्य देशहरुमा अपलपत्र परेका नेपाली नागरिकहरु स्वदेश फर्किने वातावरण बन्न नसकेको भन्दै तत्काल उनीहरुलाई उद्धार गरी स्वदेश ल्याउन कांग्रेसले सरकारको ध्यानाकर्षण गराएको छ ।

यता, नेपाली कांग्रेस प्रदेश २ संसदीय दलले मुख्यमन्त्री लालबाबु राउतलाई ज्ञापनपत्र बुझाउँदै कोरोना संक्रमितको संख्या बढिरहेको भन्दै तत्काल आइसोलेसन र क्वारेन्टिनको संख्या वृद्धि गर्न ध्यानाकर्षण गराएको छ ।

संसदीय दलका नेता रामसरोज यादवले बुझाएको ज्ञापन पत्रमा ‘क्वारेन्टिनहरुमा खानेपानी, चर्पी, स्वास्थ्यकर्मीका साथै खानेकुराको अभावले क्वारेन्टिनहरु कोरोना नियन्त्रणको स्थानमा महामारी फैलाउने थलो बनेको छ’ भनिएको छ ।

कोरोनाविरुद्धको लडाइँमा अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरसफाइकर्मी र पत्रकारहरुकालागि सरकारले कुनै योजना बनाउन नसकेको भन्दै कांग्रेसले तत्काल ठोस योजना बनाउन माग गरेको छ ।

प्रकाशित: Jun 16, 2020| 16:09 मंगलबार, असार २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।