शनिबार, वैशाख ८, २०८१

एनसेलको डेटा र भ्वाइस प्याक लिन अझै सहज

एनसेलका ग्राहकहरूले अब अझै सजह रूपमा डिजिटल वालेटहरू र एनसेलका आधिकारिक खुद्रा विक्रेताबाट सिधै डेटा र भ्वाइस प्याकहरू लिन सक्ने भएका छन् ।
 |  मंगलबार, असार २, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, असार २, २०७७

एनसेलका ग्राहकहरूले अब अझै सजह रूपमा डिजिटल वालेटहरू र एनसेलका आधिकारिक खुद्रा विक्रेताबाट सिधै डेटा र भ्वाइस प्याकहरू लिन सक्ने भएका छन् ।

triton college

यसका लागि एनसेल प्रा.लि.ले विभिन्न तीन मोबाइल वालेटहरूसँग साझेदारी गरेको छ र आफ्ना खुद्रा विक्रेताहरूलाई पनि प्याकहरू बिक्री गर्न सक्ने सुविधा प्रदान गरेको छ ।

विविध सेवा तथा सुविधाहरूको प्रयोगका लागि अनलाइन भुक्तानी गर्न डिजिटल वालेटहरूको प्रयोग बढिरहेको अवस्थामा एनसेलले खल्ती, प्रभु–पे र युनी–पेसँग सहकार्य गरेको छ । अब यी वालेटका प्रयोगकर्ताले आवश्यकताअनुसार सजिलै एनसेलका विभिन्न डेटा र भ्वाइस प्याकहरू किन्न सक्छन् ।

एनसेलले ग्राहकहरूलाई विश्वस्तरीय सेवा प्रदान गर्ने र देशको डिजिटल इकोसिस्टमको विकासमा योगदानमा पुर्याउने आफ्नो प्रतिबद्धताबमोजिम सेवाहरू किन्ने प्रक्रियालाई अझै सहज बनाएको हो । शुरुवाती चरणमा ग्राहकले यी वालेटमार्फत वा वालेटसँग जोडिएको बैंक खाताबाट विभिन्न ६ वटा डेटा प्याक र ६ वटा भ्वाइस प्याक सुचारु गर्न सक्छन् ।

ग्राहकहरुले पहिला मोवाइलमा मेन ब्यालेन्स रिचार्ज गरी आफै प्याकहरु सुचारु गर्ने प्रक्रियामा नगई अब आफ्नो आवश्यकताअनुसार प्याकहरु सिधैं खुद्रा विक्रेतामार्फत किन्न सक्नेछन् । ग्राहकले नजिकैको खुद्रा विक्रेताबाट आवश्यकताअनुसार आफ्नो मोबाइलमा प्याक लिन सक्छन् ।

corrent noodles
Metro Mart

यो प्रक्रियामा खुद्रा विक्रेताले ग्राहकको आग्रहबमो जिमएसएमएस वा यूएसएसडीमार्फत प्याकको कोड र ग्राहकको मोबाइल नम्बर एनसेललाई पठाउँछन् र छानिएको प्याक सिधैं सम्बन्धित ग्राहकको नम्बरमा सुचारु हुन्छ ।

ग्राहकले एनसेलकाआधिकारिक खुद्रा विक्रेता, खल्ती, प्रभु–पे र युनी–पे मार्फत करसहित रु. ९८.९९ मा २,१०० एमबी डेटा किन्न सक्छन् । यो डेटा ग्राहकले प्रत्येक दिन ३०० एमबीका हिसाबले ७ दिनसम्म चलाउन सक्छन् । त्यस्तै करसहित रु. ४९८.८३ मा १५,००० एमबी लिन सकिन्छ । यो प्याकमा ग्राहकले दैनिक ५०० एमबी डेटा ३० दिनसम्म पाउँछन् ।

डेटा सेवाको आवश्यकता अलि बढी रहेका ग्राहकले यी माध्यमबाट करसहित रु ९९८.९७ मा ३६,००० एमबी लिन सक्छन् । यस प्याकअन्तर्गत ग्राहकहरूले दैनिक रूपमा १२०० एमबी ३० दिन पाउँछन् ।

प्रकाशित: Jun 16, 2020| 07:11 मंगलबार, असार २, २०७७
प्रतिक्रिया दिनुहोस्