जनकपुरधाम- प्रदेश २ मा पछिल्लो २४ घण्टामा १७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। १७१ जनामा संक्रमण पुष्टि भएसँगै प्रदेश २ मा कोरोना संक्रमितको संख्या २ हजार १८५ पुगेको छ।
रौतहटमा मात्रै कोरोना संक्रमितको संख्या ८४२ पुगेको छ। सोमबार ९८ जनामा संक्रमण पुष्टि भएसँगै रौतहटमा संक्रमितको संख्या ८४२ पुगेको हो। संक्रमण पुष्टि भएका सबैजना सम्बन्धित स्थानीय तहको क्वारेन्टिनमा रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
महोत्तरीमा ३० जनामा संक्रमण पुष्टि भएको छ। ३० जना थपिएसँगै महोत्तरीमा कोरोना संक्रमितको संख्या २१८ पुगेको छ।
सर्लाहीमा ३० जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। सर्लाहीको बलरा, हरिपुर र हरिहरपुर नगरपालिकास्थित क्वारेन्टिनमा रहेकामा संक्रमण पुष्टि भएको जनाइएको छ। सर्लाहीमा संक्रमितको संख्या ५१८ पुगेको छ।
यसैगरी धनुषामा ४ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। जिल्लाको लक्ष्मीनियास्थित क्वारेन्टाइनमा रहेका चार जनामा संक्रमण पुष्टि भएको जनाइएको छ। धनुषामा कोरोना संक्रमितको संख्या १६४ पुगेको छ।
सिरहामा पनि ४ जना नयाँ संक्रमित थपिएका छन्। सिरहाको कल्याणपुर नगरपालिकामा ४ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ सिरहामा कोरोना संक्रमितको संख्या ६८ पुगेको छ।
बारामा दुईजनामा संक्रमण पुष्टि भएको छ। बाराको सुवर्ण गाउँपालिकामा नयाँ संक्रमित फेला परेको मन्त्रालयले जनाएको छ। बारामा कोरोना संक्रमितको संख्या ९९ पुगेको छ।
पर्सामा सोमबार १० जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। जिल्लाको विन्दावासिनी गाउँपालिका र पटेर्वा सुगौली गाउँपालिकाका १० जनामा संक्रमण पुष्टि भएको हो। पर्सामा कोरोना संक्रमितको संख्या १५१ पुगेको छ।
यस्तै सप्तरीमा १२९ मा काेराेना भाइरस संक्रमण भएकाे छ।
पछिल्लो २४ घण्टामा १६ जनासहित हालसम्म ४७८ जना कोरोना संक्रमित निको भएर घर फर्किएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।