बिहीबार, वैशाख १३, २०८१

क्रियाशील विवाद मिलाउन देउवा, पौडेल र सिटौला छलफलमा

नेपाली कांग्रेसको क्रियाशील विवाद मिलाउन शीर्ष नेताबीच छलफल गर्ने भएका छन्।
 |  शुक्रबार, साउन १५, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन १५, २०७८

काठमाडौं- नेपाली कांग्रेसको क्रियाशील विवाद मिलाउन शीर्ष नेताबीच छलफल गर्ने  भएका छन्। रमेश लेखक नेतृत्वको क्रियाशील छानविन समितिले बुझाएको प्रतिवेदनमा सहमति जुट्न नसकेका विषयमा छलफल गर्न शीर्ष नेता छलफलमा जुटेका हुन्।

triton college

शुक्रबार विहान ११ बजे प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बैठक बस्नेछ। बैठकमा सभापति देउवा, बरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौला सहभागि हुनेछन्।  

छानविन समितिले गत मंगलबार सभापति देउवालाई प्रतिवेदन बुझाएको थियो। विहिबार बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकले विवाद मिलाउने जिम्म शिर्ष नेतालाई दिएको थियो। शीर्ष नेताहरुले पाँच दिन भित्र विवाद मिलाउने प्रतिवद्धता जनाएका छन्। 

पार्टीबाट कांग्रेसमा आएका नेता कार्यकर्तालाई दिइने क्रियाशील सदस्यता, धनुषा–४ र सर्लाही–२ सँगै  बारा र सप्तरीमा नयाँ तर्फको क्रियाशील सदस्यतामा सहमति जुट्न सकेको छैन।

प्रकाशित: Jul 30, 2021| 11:45 शुक्रबार, साउन १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...