शुक्रबार, वैशाख १४, २०८१
  • गृहपृष्ठ
  • समाज
  • कांग्रेसकाे प्रश्न : क्वारेन्टिन सुरक्षाका लागि कि सजायका लागि ?

कांग्रेसकाे प्रश्न : क्वारेन्टिन सुरक्षाका लागि कि सजायका लागि ?

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले कैलालीको एक क्वारेन्टिनमा भएको बलात्कारको घटनालाई अत्यन्तै निन्दनीय र गम्भीर रहेको भन्दै घटनामा संलग्नलाई कडा कारबाही गर्न माग गरेको छ।
 |  सोमबार, असार १, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, असार १, २०७७

काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले कैलालीको एक क्वारेन्टिनमा भएको बलात्कारको घटनालाई अत्यन्तै निन्दनीय र गम्भीर रहेको भन्दै घटनामा संलग्नलाई कडा कारबाही गर्न माग गरेको छ।

triton college

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सोमबार विज्ञप्ति प्रकाशित गर्दे यस्तो माग गरेका हुन्। विज्ञप्तिमा भनिएको छ, 'घटनामा दोषीलाई कानुनी कारबाहीसँगसँगै क्वारेन्टिनको बेथितिमा सरकारले आफ्नो अयोग्यताको अनुहार हेर्न जरुरी छ।'

कांग्रेसले मापदण्डविपरीतका अव्यवस्थित क्वारेन्टिन कोरोना संक्रमण विस्तारको केन्द्र बन्दै गएको भन्दै चिन्ता व्यक्त गरेको छ।

विज्ञप्तिमा भनिएको छ, 'अव्यवस्थाका कारण देशका विभिन्न क्वारेन्टिनबाट नागरिक भागेका छन्। क्वारेन्टिन सुरक्षाका लागि कि सजायका लागि भन्ने प्रश्न उब्जिएको छ। अन्ततः बलात्कारसम्मको घटनाले कम्युनिस्ट सरकारको शासकीय क्षमताको अनुहारमा कालो पोतिएको छ।'

तीनै वटा सरकार क्वारेन्टिनमा एउटा चेलीको रक्षा गर्न असमर्थ रहेको भन्दै कांग्रेसले यो भन्दा लज्जास्पद घटना अर्को केही हुन नसक्ने भनेको छ।
कांग्रेसले बलात्कारमा सामेललाई कानुनी कारबाही सँगै घटनाको गम्भीर समीक्षा गरेर राज्यको जिम्मेवार पदमा रहेर गैरजिम्मेवार बन्नेहरुलाई दोषको मात्रा अनुरुपको कारबही गर्न माग गरेको छ। क्वारेन्टिनका बेथितिविरुद्ध दबाब दिन नेपाली कांग्रेसले भोलि असार २ गते स्वदेश र विदेशबाट एकसाथ प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम छ।

corrent noodles
Metro Mart

प्रकाशित: Jun 15, 2020| 17:15 सोमबार, असार १, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।