शुक्रबार, वैशाख १४, २०८१
  • गृहपृष्ठ
  • समाज
  • आजबाट सरकारी कार्यालयसहित २१ क्षेत्र खुल्ने, यस्ता नियम लागू

आजबाट सरकारी कार्यालयसहित २१ क्षेत्र खुल्ने, यस्ता नियम लागू

आजबाट २१ किसिमका क्षेत्र खुला भएको छ भने दुई सिफ्टमा सरकारी कार्यलय खुल्ने भएको छ । निजी सवारी साधन बेरोकटोक सञ्चालनमा आउने भएका छन् ।
 |  सोमबार, असार १, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, असार १, २०७७

काडमाडौं गएको चैत ११ गतेदेखि जारी बन्दाबन्दी (लकडाउन) ८२ दिनपछि आज (सोमबार) बाट औपचारिक रुपमा खुकुलो हुने भएको छ।

triton college

आजबाट २१ किसिमका क्षेत्र खुला हुनेछन् भने दुई सिफ्टमा सरकारी कार्यालय खुल्ने भएका छन्। निजी सवारी साधन पनि बेरोकटोक सञ्चालनमा आउने भएका छन् ।

मन्त्रिपरिषद्को निर्णयअनुसार आजबाट सरकारी कार्यालय बिहान ८ बजेदेखि दिउँसो १ बजेसम्म एउटा सिफ्ट र दिउँसो १ बजेदेखि साँझ ६ बजेसम्म अर्को सिफ्टमा गरी दुई सिफ्टमा सञ्चालन हुनेछन् । यसअघि ७ घण्टामात्रै खुल्ने सरकारी कार्यालय अब १० घण्टा चल्ने भएका छन् ।

आजैबाट नापी, मालपोत र यातायातजस्ता सेवाग्राहीको भिड लाग्ने कार्यालयहरु पनि पूर्ण रुपमा सञ्चालनमा आउने भएका छन् । गैरसरकारी संघसंस्था पनि आजबाट निर्वाध रुपमा खोल्न पाइने भएको छ । पसल, उद्योग व्यवसाय पनि आजबाट पूर्ण रुपमा सञ्चालनमा आउने भएका छन् ।

यस्तै आजबाट पूर्ण रुपमा सञ्चालनमा आएका निजी सवारी साधनको हकमा केही नियम लागू गरिएको छ ।

corrent noodles
Metro Mart

मोटरसाइकलसहितका सबै खाले निजी सवारी साधन जोरविजोर नम्बरका आधारमा मात्रै चल्न पाउने, मोटरसाइकलमा एक जनामात्रै चढ्न पाइने, चार पांग्रे सवारीमा चालकसहित ३ जनामात्रै चढ्न पाइने नियम आजबाट कडाइका साथ लागू हुने भएको छ ।

निजी सवारी साधन एउटा जिल्लाभित्र मात्रै चल्न पाउनेछन् । काठमाडौं, ललितपुर र भक्तपुरलाई एउटै जिल्ला मानिएको छ । एक जिल्लाबाट अर्को जिल्ला जान अनिवार्य रुपमा पास चाहिने छ ।

यो निर्णय सरकारले २१ दिनसम्म कार्यान्वयनमा ल्याउने र त्यसपछि परिस्थिति हेरेर मन्त्रिपरिषद्ले थप निर्णय लिन सक्ने अर्थ र सञ्चारमन्त्री समेत रहेका सरकारका प्रवक्ता युवराज खतिवडाले बताए ।

सञ्चालन हुने कार्यालय र उद्योग क्षेत्रलाई सम्बन्धित मन्त्रालयले जनस्वास्थ्य र सुरक्षा मापदण्डका लागि प्रोटोकल लागू गर्नुपर्ने पनि सरकारले नियम बनाएको छ ।

यी हुन् आजबाट खुल्ने २१ क्षेत्र

– अत्यावश्यक सेवाका कार्यालय

– अन्य सरकारी कार्यालय, गैरसरकारी तथा निजी क्षेत्रका कार्यालय र बैंक तथा वित्तीय संस्थाहरू (५० प्रतिशत कर्मचारी रहने गरी)

– स्वास्थ्य सेवासँग सम्बन्धित सबै सेवा, निजी क्लिनिकसमेत

– औषधि, खाद्य तथा पेयपदार्थ, तरकारी, फलफूल, दुग्धपदार्थ, अन्डा, माछा, मासु, खानेपानी उत्पादन, बिक्रीवितरण तथा ढुवानी

– पेट्रोलियम पदार्थको ढुवानी र बिक्री वितरण

– सबै प्रकारका ढुवानी सेवा

– फोहोरमैला व्यवस्थापन

– विद्युत, दमकल, एम्बुलेन्स, सञ्चार तथा प्रसारण, हुलाक सेवा

- बैंक तथा वित्तीय संस्था, सहकारी र बिमा सेवा

– सबै प्रकारका कृषि तथा पशुपन्छी पालनसम्बन्धी कार्य

– कृषि बीउ बिजन, रासायनिक मल, कृषि औजार र शीतभण्डारसम्बन्धी सेवा तथा कार्य

– उत्पादनशील उद्योग

– निर्माण सामग्रीसम्बन्धी उद्योग व्यवसाय

– विकास आयोजना (निजी क्षेत्रका समेत)

– निर्माण कार्य (निजीसमेत)

– नदी तथा खानीजन्य पदार्थ उत्खनन्, संकलन, ढुवानी र बिक्रीवितरण

– रेस्टुरेन्टबाट हुने प्याकिङ तथा टेकअवे सेवा

– क्वारेन्टाइनका लागि तोकिएका होटल

– बिजुलीका सामान बिक्री र मर्मत

– विद्युतीय उपकरण, मेसिनरी र सवारी साधन मर्मत गर्ने वर्कसप

– पुस्तक पसल तथा स्टेसनरी

 

प्रकाशित: Jun 15, 2020| 06:29 सोमबार, असार १, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।