बिहीबार, वैशाख १३, २०८१

पहिलो विद्यार्थी आन्दोलन जयतु संस्कृतम् ७४ औं वर्षमा

आधुनिक विषय अध्ययन गर्न पाउनुपर्ने माग गर्दै सुरु भएको आन्दोलनपछि जहानियाँ राणा शासनविरुद्ध केन्द्रित थियो।
 |  आइतबार, जेठ ३२, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, जेठ ३२, २०७७

काठमाडौं-नेपालको पहिलो विद्यार्थी आन्दोलन जयतु संस्कृतम् इतिहासमा विशिष्ट महत्त्व राखेको छ।

triton college

२००४ असार १ गते तीनधारा पाठशालाका विद्यार्थीले संस्कृतका शास्त्रीय विषयका साथै आधुनिक अङ्ग्रेजी, गणित, विज्ञान, भूगोललगायत पनि पढ्न पाउनुपर्ने माग गर्दै राणा शासकविरुद्ध गरेको आन्दोलनको सम्झनामा जयतु संस्कृतम् दिवस मनाउने गरिन्छ। सोमबार ७४ औं स्मृति दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ।

आधुनिक विषय अध्ययन गर्न पाउनुपर्ने माग गर्दै सुरु भएको आन्दोलनपछि जहानियाँ राणा शासनविरुद्ध केन्द्रित थियो।

राणा शासकले तीनधारा पाठशालाबाट चार पाटा मुडेर विद्यार्थीलाई उपत्यकाका नाका कटाएपछि जहानियाँ विरोध गर्दै देशभर जागरण फैलाएका थिए।  यसले कुनाकन्दराका जनतालाई राणा शासकका विरुद्ध संगठित गरेको थियो।

देशका विभिन्न भाग हुँदै विद्यार्थी बनारस पुगेका थिए। बनारसमा राणाशासनको अन्त्य गर्न प्रवासमा रहेका नेपालीलाई गोलबद्ध गरहेका कांग्रेसका संस्थापक बीपी कोइरालालगायत नेतासँग 'जयतु संस्कृतम्' का अगुवाहरु पूर्णप्रसाद ब्राह्मण, श्रीभद्र शर्मालगायतले भेटघाट गरी प्रजातन्त्र स्थापनाको आन्दोलनमा सरिक भएका थिए।

corrent noodles
Metro Mart

त्यसबेला असार १ गते विद्यार्थीले आन्दोलन शुरु गरेको सम्झनामा प्रत्येक वर्ष जयतु संस्कृतम् दिवस मनाउने गरिन्छ।

आन्दोलनको स्वर्ण वर्षको अवसरमा विसं २०५५ मा संस्कृतका क्षेत्रमा काम गर्ने उद्देश्यले 'जयतु संस्कृतम्' लाई संस्थागत स्वरुप दिई विधिवत् रुपमा दर्ता गरिएको थियो। त्यसै वर्षदेखि संस्थागत रुपमा जयतु संस्कृतम् दिवस मनाउन थालिएको हो ।

यस अवसरमा सोमबार बिहान दरबारमार्गस्थित तीनधारा पाठशाला अघि रहेको जयतु संस्कृतम् स्तम्भमा माल्यार्पण, पुष्पगुच्छासहित विश्व शान्तिको संकल्पले स्वस्तिवाचन गरिने संस्थाका अध्यक्ष डा बद्री पोखरेलले जानकारी दिए।

विगतमा दिवसका अवसरमा पदयात्रा र उपत्यकाव्यापी माध्यमिक विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता आयोजना गर्ने गरिएकामा यस वर्ष बन्दाबन्दीका कारण स्थगित गरिएको जनाइएको छ।

दिउँसो भने जुम प्रविधिका माध्यमबाट संस्कृत छात्र संघले १.१५ बजे ‘नेपालमा लोकतन्त्रको जागरण र स्थापनामा जयतु संस्कृतम् आन्दोलनको भूमिका’ विषयमा अन्तरक्रिया आयोजना गर्दै छ।

कार्यक्रममा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, सांसद पुष्पा भुसाल गौतम, संयुक्त राष्ट्र सङ्घका पूर्वनेपाली राजदूत डा. जयराज आचार्यलगायतले सम्बोधन गर्नेछन्।

जयतु संस्कृतम् दिउँसो ४३० बजे जुम प्रविधिबाट नै गर्ने कार्यशाला गोष्ठी कार्यक्रममा प्रा डा माधवप्रसाद पोखरेलले ‘नेपालका भाषाहरुको संरक्षणमा संस्कृतको योगदान’, नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति प्रा जगमान गुरुङले ‘नेपालको सांस्कृतिक वैभव र समन्वयमा संस्कृत’, नेपाल संस्कृत विश्वविद्यलयका कुलसचिव प्रा माधव अधिकारीले ‘संस्कृतको विकास र नेपाल संस्कृत विश्वविद्यालय’, अमेरिकाको स्यान्डियागो विश्वविद्यालयमा संस्कृत प्राध्यापन गरिरहेका प्रा स्थानेश्वर तिमल्सिनाले ‘संस्कृतको अन्तर्राष्ट्रिय परिवेश’ विषयक प्रस्तुति गर्नेछन्।

जुम प्रविधिबाट दिवसको कार्यक्रममा सहभागी हुन नसक्नेलाई घरघरमै बसी संस्कृत श्लोक वाचन गरी मनाउन आह्वान गरिएको डा. नवराज कट्टेलले बताए। घरघरमा वाचन गरिएको संस्कृत श्लोकलाई विभिन्न माध्यमबाट सार्वजनिक गर्न पनि जयतु संस्कृतम्ले आह्वान गरेको छ।-रासस

प्रकाशित: Jun 14, 2020| 21:35 आइतबार, जेठ ३२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।