शनिबार, वैशाख ८, २०८१

सुशान्त सिंह राजपुत जस्तै‍... गुरुदत्त, दिव्या भारती

सुशान्तभन्दा पहिले पनि बलिउडका चर्चित कलाकारले आफ्नो जीवन असमयमा सिद्ध्याएका थिए।
 |  आइतबार, जेठ ३२, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, जेठ ३२, २०७७

एजेन्सी:  बलिउडका चर्चित अभिनेता सुशान्त सिंह राजपुतले मुम्बईस्थित आफ्नो घरमा आत्महत्या गरेका छन् । आत्महत्याको कारण अहिलेसम्म प्रस्ट हुनसकेको छैन।

triton college

टेलिभिजनबाट आफ्नो करिअर सुरु गरेका ३४ वर्षीय सुशान्तले ठूलो पर्दामा आफ्नो सफल सहभागिता दर्ज गराइसकेका थिए।

बिहारको पटनामा जन्मेका सुशान्तको फिल्मी करियर सफल हुँदै थियो। उनले एमएस धोनी जस्तो हिट फिल्ममा काम गरेका थिए। त्यसअघि उनी थियटर र टेलिभिजनमा लोकप्रिय र चर्चित भइसकेका थिए।

उनीभन्दा पहिले पनि बलिउडका चर्चित कलाकारले आफ्नो जीवन असमयमा सिद्ध्याएका थिए।

फिल्म प्यासामा गुरुदत्त र वहिदा रहमान

गुरुदत्तः सन् १९५० र ६० को दशकमा भारतीय फिल्म उद्योगका दिग्गज मानिएका गुरुदत्त उत्कृष्ट फिल्म निर्देशक र अभिनेता थिए। अक्टोबर १९६४ मा मुम्बईको पेड्डर रोडस्थित आफ्नो अपार्टमेन्टमा उनी मृत भेटिएका थिए। उनको मृत्यु अत्यधिक मदिरा र निन्द्राको औषधि सेवनका कारण भएको चिकित्सकले पुष्टि गरेका थिए।

corrent noodles
Metro Mart

मनमोहन देसाईः हिन्दी फिल्मका सफल निर्माता निर्देशक मानिने मनमोहन देशाईले कैयन सफल फिल्म बनाए। उनले ‘अमर अकबर एन्थोनी’, ‘कुली’ र ‘मर्द’ जस्ता हिट फिल्म बनाएका थिए। मसाला फिल्मका बादशाह मानिने मनमोहन देसाईका फिल्म पछि असफल हुन थालेका थिए। मार्च १९९४ मा उनले आफ्नो फ्ल्याटको बार्दलीबाट हाम फालेर आत्महत्या गरेका थिए।

दिव्या भारती

दिव्या भारतीः सन् १९९३ मा भएको बलिउडकी चर्चित अभिनेत्री दिव्या भारतीको मृत्यु निकै शंकास्पद र विवादित हुन पुगेको थियो। उनका पति साजिद नाडियावालाका अनुसार दिव्याले आफ्नो पाँचौ तलाको अपार्टमेन्टबाट हाम फालेकी थिइन्। ५ अप्रिल १९९३ मा यो घटना हुँदा दिव्या १९ वर्षकी थिइन् । यतीबेलासम्म उनले १४ फिल्ममा काम गरिसकेकी थिइन्।

सिल्क स्मिताः दक्षिण भारतीय फिल्मकी अभिनेत्री विजयलक्ष्मीको फिल्मी नाम थियो, सिल्क स्मिता। आन्ध्र प्रदेशकी एक महिलाले धर्मपुत्री बनाएकी उनी अनाथ थिइन्। १६ वर्षको उमेरमा मेकअप आर्टिस्टका रुपमा फिल्म क्षेत्रमा कदम राखेकी सिल्क स्मिताले विस्तारै फिल्ममा काम गर्न थालिन्। सेप्टेम्बर १९९६ मा चेन्नई स्थित फ्ल्याटमा उनी मृत भेटिएकी थिइन्। उनकै जीवनमा आधारित विद्या वालन अभिनित फिल्म ‘डर्टी पिक्चर’ सन् २०११ मा रिलिज भएको थियो।

रिम कपाडीयाः बलिउड अभिनेत्री डिम्पल कपाडियाकी बहिनी रिम कपाडियाले पनि केही हिन्दी फिल्ममा अभिनय गरेकी थिइन्। यिमध्ये एक थियो, ‘हवेली’ जसमा राकेश रोशन र मार्क जुबेरले पनि अभिनय गरेका थिए। सन् २००० मा उनी लन्दनस्थित निवासमा मृत भेटिएकी थिइन्। उनले आत्महत्या गरेको भनिए पनि त्यसको औपचारिक पुष्टि भने हुन सकेन।

नफिसा जोसेफ

नफिसा जोसेफः एमटीभीभकी चर्चित भिजे थिइन् नफिसा । मडलिङसमेत गर्ने उनी सन् १९९७ की मिस युनिभर्स इन्डिया समेत हुन् । सन् २००४ मा मुम्बईस्थित फ्ल्याटमा उनको शव झुण्डिएको अवस्थामा फेला परेको थियो।

कुलजीत रन्धवाः कुलजीत नफिसा जोसेफकी नजिककी साथि थिइन् । सन् २००६ मा उनले फिल्म ‘बाइ चान्स’ को शुटिङ सक्काएकी थिइन् र स्टार वनको सिरियल ‘स्पेशल स्क्वाडमा’ मूख्य भूमिका गर्दै थिइन्। तर उनले त्यसै वर्ष आत्महत्या गरिन् । सुसाइड नोटमा उनले ‘जीवनको दबाव झेल्न नसकेको’ लेखेकी थिइन्।

जिया खानः बलिउडमा प्रवेशसँगै अमिताभ बच्चन र आमिर खान जस्ता स्टारसँग अभिनयको मौका पाएकी जियाको करिअर उती राम्रो हुन सकेन। सन् २०१३ मा उनले पनि झुण्डिएर आत्महत्या गरिन् । अभिनेता आदित्य पञ्चोलीका छोरा सूरज पञ्चोलीमाथि जियालाई आत्महत्या गर्न उक्साएको आरोप लागेको थियो। यो मुद्दा अहिले पनि अदालतमा विचाराधीन छ।

प्रत्युषा बनर्जी 

प्रत्युषा बनर्जीः भारतीय टेलिभिजन उद्योगको चर्चित अनुहार भइसकेकी प्रत्युषा बनर्जीले पनि सन् २०१६ मा आत्महत्या गरेकी थिइन्। उनी अभिनित टिभी सिरियल ‘बालिका वधु’ चर्चित भएको थियो । उनी रियालिटी शो ‘बिग बोस’ मा पनि सहभागी थिइन्।

कुशल पञ्जाबीः २७ डिसेम्बर २०१९ मा टेलिभिजन अभिनेता कुशल पञ्जाबी मुम्बईस्थित आफ्नो घरमा भुण्डिएको अवस्थामा भेटिएका थिए। ‘सीआईडी’, ‘देखो मगर प्यार से’, ‘श... कोई है’, ‘फियर फ्याक्टर’, ‘कभी हाँ, कभी ना’ जस्ता लोकप्रिय टेलिभिजन कार्यक्रममा अभिनय गरिसकेका कुशल व्यवसायिक डान्सर पनि थिए ।

प्रकाशित: Jun 14, 2020| 21:10 आइतबार, जेठ ३२, २०७७
प्रतिक्रिया दिनुहोस्