बिहीबार, वैशाख १३, २०८१

प्रदेश १ : थप २७ जनामा कोरोना, संक्रमितको संख्या ३७१

प्रदेशमा संक्रमितको संख्या ३ सय ७१ पुगेको छ। तीमध्ये २२ महिला र ३ सय ४९ पुरुष छन्। संक्रमितमध्ये १ सय ६६ जना डिस्चार्ज भएका छन्।
 |  आइतबार, जेठ ३२, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, जेठ ३२, २०७७

विराटनगर– प्रदेश १ मा आइतबार थप २७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार मोरङमा २५, झापा र सुनसरीमा १/१ जना संक्रमित देखिएका छन्।

triton college

योसहित प्रदेशमा संक्रमितको संख्या ३ सय ७१ पुगेको छ। तीमध्ये २२ महिला र ३ सय ४९ पुरुष छन्। संक्रमितमध्ये १ सय ६६ जना डिस्चार्ज भएका छन्।

झापामा सबैभन्दा बढी संक्रमित

झापामा सबैभन्दा बढी १ सय ७५ जना संक्रमित छन्। जिल्लाका १५ स्थानीय तहमध्ये १४ वटामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा. सुरेश मेहताले बताए।

उनका अनुसार मोरङमा ७१, सुनसरीमा ५७, उदयपुरमा ४३, धनकुटामा ८, भोजपुरमा ६, खोटाङमा ४, संखुवासभा, तेह्रथुम र इलाममा २/२ र सोलुखुम्बुमा १ जना संक्रमित छन्।

corrent noodles
Metro Mart

१६८८ जनाको रिपोर्ट आउन बाँकी

प्रदेश १ मा १५ हजार ३ सय ६० जनाको शंकास्पद नमुना संकलन गरिएको छ। आइतबार ३ सय ८ जनाको नमुना संकलन गरिएको मन्त्रालयले जनाएको छ। नमुना परीक्षण गर्दा १३ हजार ३ सय १ जनाको कोरोना रिपोर्ट नेगेटिभ आएको छ।

यस्तै १ हजार ६ सय ८८ जनाको रिपोर्ट आउन बाँकी छ।

क्वारेन्टिनमा ४१०३ जना

प्रदेश १ का ४ सय १८ स्थानमा गरी ११ हजार ५ सय १९ शय्याको क्वारेन्टिन तयारी अवस्थामा छ। क्वारेन्टिनमा ४ हजार १ सय ३ जना, होल्डिङ एरियामा ४ सय ६२ जना र होम क्वारेन्टिनमा ११ हजार १ सय ४ जना रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।

चार महिनाभित्र नियन्त्रणमा ल्याउने गरी काम गरिरहेका छाैं : सामाजिक विकासमन्त्री

प्रदेशका १ सय ३७ स्थानीय तहमध्ये ४८ स्थानीय तहमा कोरोना संक्रमण देखिएको छ। वैशाख ५ गते पहिलोपटक उदयपुरको त्रियुगा ३ भुल्केमा संक्रमण देखिएको थियो। वैशाख ५ देखि जेठ ३२ सम्म ११ जिल्लाका ३ सय ७१ जना संक्रमित भएका छन्।

उदयपुरको भुल्के, वैशाख १२ गते संक्रमण देखिएको झापाको दमक र जेठ ४ गते संक्रमण देखिएको धनकुटा जिल्ला अस्पतालमा कोरोना नियन्त्रणमा आएको सामाजिक विकासमन्त्री जीवन घिमिरेले बताए।  मन्त्री घिमिरेले भने, ‘प्रदेश १ मा बढीमा ४ महिनाभित्र संक्रमण नियन्त्रणमा आउने गरी काम गरिरहेका छौं।’

संक्रमितको उपचार तीन ठाउँमा

माेरङकाे विराटनगर र सुन्दर हरैंचा तथा सुनसरीकाे धरानमा कोरोना संक्रमितको उपचार हुँदै आएको छ।

विराटनगरस्थित कोसी अस्पताल कोभिड १९ उपचार केन्द्रमा १ सय शय्या, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र पूर्वाञ्चल विश्वविद्यालय मेडिकल कलेज सुन्दर हरैंचामा २/२ सय शय्याकाे कोरोना उपचार केन्द्र तयारी अवस्थामा छ।

झापाको मेची अस्पतालमा पनि कोरोना भाइरस संक्रमितको उपचारका लागि तयार गरिँदै छ।

 

प्रकाशित: Jun 14, 2020| 21:05 आइतबार, जेठ ३२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।