बुधबार, वैशाख ५, २०८१

जातीयतामा विश्वास गर्नु मानवीयताकै हितविपरीत : मिश्र

काठमाडौं– साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले जातीयतामा विश्वास गर्नु मानवीयताको हितविपरीत भएको बताएका छन्।
 |  आइतबार, जेठ ३२, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, जेठ ३२, २०७७

काठमाडौं– साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले जातीयतामा विश्वास गर्नु मानवीयताको हितविपरीत भएको बताएका छन्।

triton college

सामाजिक विभेदविरुद्ध संयुक्त राजनीतिक दलित संघर्ष समितिले आइतबार माइतीघर मण्डलमा आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन्।

‘अहिले विकासको बारेमा बोल्नुपर्ने, मोडर्न जमानामा आएर पनि जातीयताकै वकालत गर्नु लज्जाको विषय हो। हामीले यहाँ भनेको कुरा गाउँगाउँसम्म त नपुग्ला, तर उहाँहरुलाई यो कुरा भनिदिनु होला,’ कार्यक्रममा मिश्रले भने, ‘दलितले छोएको पानी नखानेले उसले सिलाएको लुगा पनि लगाउनु हुँदैन।’

उनले थपे, ‘जातीयतामा विश्वास गर्नुुहुन्छ भने तपाईं नाँगै हिँड्नुहोस्। तपाईं नाँगै हिँड्न योग्य हुनुहुन्छ।’

उनले दुर्गम ठाउँमा मात्र नभएर काठमाडौंका शिक्षित र उच्च घरानाका मानिसमा पनि जातीयताबारे धारणा बदलिन नसकेको बताएका छन्।

corrent noodles
Metro Mart

‘मेलै उच्च र शिक्षित घरानाका धेरै मानिस देखेको छु, जो बाहिर खुल्ला रुपमा बोल्न सक्दैनन् तर घरमा अन्तरजातीय विवाहको विरोध गर्छन,’ उनले भने।

रुकुममा भएको जातीय हिंसाको घटनाको विरोध गर्दै आज (आइतबार) काठमाडौंको माइतीघर मण्डलमा विभिन्न दलले कार्यक्रम गरेका थिए।

कार्यक्रम नेपाल दलित संघ, समाजवादी दलित मुक्ति महासंघ, सामाजिक न्याय विभाग (साझा पार्टी) जात व्यवस्था र उन्मुलन मोर्चा नेपाललगायत १२ दलसँग सम्बन्धित संस्थाले संयुक्त रुपमा अयोजना गरेका थिए।

कार्यक्रममा नागरिक समाजका अगुवा श्याम श्रेष्ठले रुकुम घटनालाई राज्यले ठाडो भेदभाव गरेको बताए। देशमा उत्पीडित र दलित समुदायका नेता नभएका कारण यस्तो परम्परा विकसित भएको उनले तर्क गरे।

‘रुकुममात्र होइन, सबै जिल्लामा यस्तो समस्या छ। देशको नेतृत्व गर्ने ठाउँमा दलित नेता छैनन्। दलित समुदायका नेता खै ? मन्त्री खै ?’ श्रेष्ठले प्रश्न गरे। उनले रुकुम घटनाको समयमै छानविन नभए राम्रो सन्देश नजाने बताए। उनले भने, ‘समाजमा सन्तुलन बनाइराख्नका लागि घटनाको चाँडै निष्पक्ष छानविन गर्नुपर्छ।’

दलित अधिकारवादी मीना स्वर्णकारले जातीय विभेदको सबैले विरोध गर्न आह्वान गर्न अनुरोध गरिन्। जनआन्दोलनमा माओवादीले दलितको व्यापक उपयोग गरेको आरोप लगाउँदै उनले भनिन्, ‘द्वन्द्वकाल र जनआन्दोलनमा दलितको अहम् भूमिका छ। तर अहिले दलितको त्यो भूमिकालाई सरकारले दबाएको छ,’ स्वर्णकारले भनिन्।

जनता समाजवादी पार्टीकी नेतृ दुर्गा सोबले ‘दलितले न्याय पाउन कस्तो वैकल्पिक सरकार चाहिन्छ ? भन्ने प्रश्न गरिन् ।

प्रकाशित: Jun 14, 2020| 17:25 आइतबार, जेठ ३२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।