न्युयोर्क- संयुक्त राज्य अमेरिकामा विगत २४ घण्टामा कोभिड–१९ सङ्क्रमित एक हजार ४४२ व्यक्तिको मृत्यु भएको छ।
जोन हकिन्स विश्वविद्यालयद्वारा सार्वजनिक तथ्यांकअनुसार विगत चार दिनयता अमेरिकामा एक हजार २०० भन्दा बढी ब्यक्तिको कोभिड–१९ को महामारीबाट मृत्यु भएको हो।
विश्वको सबैभन्दा बढी कोभिड–१९ सङ्क्रमित र मृत्य भएको अमेरिकामा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या एक लाख ५३ हजार २६८ पुगेको छ।
अमेरिकामा विगत २४ घण्टामा सङ्क्रमितको सङ्ख्या ६९ हजारभन्दा बढी पुगेको र अहिलेसम्म ४५ लाख सङ्क्रमित भएका उक्त विश्वविद्यालयले जनाएको छ। अमेरिकामा शनिबारसम्ममा १४ लाख सङ्क्रमित निको भई घर फर्किएका छन्। -एएफपी