शनिबार, वैशाख ८, २०८१
  • गृहपृष्ठ
  • समाज
  • कोरोनाबाट मृत्यु १५ : ६ जना भारतबाट फर्किएका, ८ जना अन्य रोगका पनि बिरामी

कोरोनाबाट मृत्यु १५ : ६ जना भारतबाट फर्किएका, ८ जना अन्य रोगका पनि बिरामी

तीमध्ये भारतबाट फर्किएका एक बालिकासहित ६ जना छन्। यस्तै आठ जना विभिन्न रोग लागेर उपचार गराइरहेका थिए। 
 |  मंगलबार, जेठ २७, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ २७, २०७७

काठमाडौं- नेपालमा कोरोना भाइरस संक्रमणबाट मंगलबारसम्म १५ जनाको निधन भएको छ। तीमध्ये भारतबाट फर्किएका एक बालिकासहित ६ जना छन्। यस्तै आठ जना विभिन्न रोग लागेर उपचार गराइरहेका थिए। 

triton college

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार चितवन, स्याङ्जा, कैलाली, डोल्पा, सुर्खेत, पाल्पा, दोलखा, सिन्धुपाल्चोक, बाँके, गुल्मी, बारा, ललितपुर, अर्घाखाँची, दैलेख र बाजुरामा गरी एक एकजनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा १२ पुरुष र तीन महिला छन्। यस्तै उमेर समूहमध्ये एक जना २ वर्षीया बालिका छिन् भने एक जना ७६ वर्षीय पुरुष छन्।

मृतकमध्ये तीन जना मिर्गौला, एकजना कलेजो, एकजना निमेनिया, एकजना दम र एकजना मष्तिष्कघात भई उपचार गराइरहेका तथा एकजना सुत्केरी छन्।

पछिल्लोपटक मंगलबार चितवन भरतपुर नगरपालिका–११ का ६८ वर्षीय एक पुरुषको कोरोना संक्रमणले मृत्यु भएको हो। मन्त्रालयका अनुसार उनी ज्वरो, निमोनिया र सुगरका बिरामी थिए।

corrent noodles
Metro Mart

यस्तै कोरोना भाइरसबाट साेमबार मृत्यु भएका स्याङ्जाको वालिङ नगरपालिकाका ३ का ६० वर्षीय पुरुष मिर्गौला, मधुमेहलगायतका रोगका बिरामी थिए।

कैलालीको धनगढी उपमहानगरपालिका ४ की ५५ वर्षीया महिला महिलाको सेती प्रादेशिक अस्पतालमा मिर्गौलाको डायलासिस गर्दागर्दै जेठ २३ गते मृत्यु भएको थियो।

डोल्पा जगदुल्लाका ५८ वर्षका पुरुषको जेठ २१ गते राति मृत्यु भएको थियो। उनी सुर्खेतबाट जेठ १६ गते गएर जेठ १८ गते क्वारेन्टिनमा बसेका थिए। क्वारेन्टिनमा बसेका बेला उनको निधन भएको थियो। उनी दमका बिरामी थिए।

कोरोनाबाट मृत्यु भएका दोलखाका ७६ वर्षका पुरुषलाई भने मष्तिष्कघात भएको थियो। पहिला काठमाडौं मेडिकल कलेजमा उपचार गराइरहेका उनको २१ गते त्रिवि शिक्षण अस्पतालको आईसीयूमा निधन भयो।

ललितपुर महानगरपालिका–२२ बुंगमतीका ५६ वर्षीय पुरुषको कोरोना भाइरसको संक्रमणबाट जेठ १४ गते निधन भएको थियो। कलेजोमा समस्या देखिएपछि किस्ट अस्पताल भर्ना भएका उनको निधनपछि मात्र कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो।

बाराको करैयामाई गाउँपालिका ७ का ७० वर्षीय पुरुषको पनि कोरोना भाइरसबाट निधन भएको थियो। वीरगन्जको नेसनल मेडिकल कलेजमा जेठ ४ गते मृत्यु भए पनि स्वाब परीक्षण गर्दा उनलाई कोरोना संक्रमण भएको पछि मात्र पुष्टि भएको थियो।

उनी मिर्गौलामा समस्या देखिएपछि अस्पताल भर्ना भएका थिए।

जेठ १ गते सिन्धुपाल्चोक बाह्रबिसे ९ की २९ वर्षीया सुत्केरी महिलाको ज्यान गएको थियो। उनको धुलिखेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो। उनको निधन भएको दुई दिनपछि मात्र मन्त्रालयले कोरोना संक्रमणबाट ज्यान गएको पुष्टि गरेको थियो।

कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउने गुल्मी मदाने गाउँपालिका ६ निवासी ४१ वर्षीय पुरुषको रुपन्देहीको क्रिमसन अस्पतालमा उपचारका क्रममा जेठ ८ गते निधन भएको थियो।

यी हुन् भारतबाट फर्किएर निधन भएका

कोरोना भाइरसका कारण मृत्यु भएका सुर्खेत पञ्चपुरीका २८ वर्षीय युवक जेठ ८ गते भारतको मुम्बईबाट गाउँ फर्किएका थिए। उनी पञ्चपुरी नगरपालिका ९ विद्यापुरमा रहेको जनता माध्यमिक विद्यालयको क्वारेन्टिनमा बसेका थिए।

क्वारेन्टिनको अवधि पूरा भएपछि उनलाई आरडीटी परीक्षण गरी घर फर्काइएको थियो। तर पीसीआरमा कोराना पोजेटिभ देखिएपछि उपचारका क्रममा निधन भएको थियो।

पाल्पामा ४५ वर्षीय पुरुषको उपचारका क्रममा जेठ २० गते निधन भए पनि कोरोनाको पुष्टि भने २२ गते भएको थियो। भारतको मुम्बईबाट आएका उनी जेठ १८ गते क्वारेन्टिनमा पुगेका थिए।

कोरोना भाइरस संक्रमणबाट मृत्यु भएकी अर्की बालिका हुन्, बाजुराकी २ वर्षीया बालिका। जिल्ला अस्पताल बाजुराको आइसोलेसनमा उपचारका क्रममा निधन भएकी ती बालिका बाबुआमासँग केही दिनअघि भारतबाट आएर गाउँकै क्वारेन्टिनमा बसेका थिए।

दैलेखको दुल्लु नगरपालिकाका ३५ वर्षीय पुरुषको जेठ १७ गते नेपाल विद्युत् प्राधिकरणको क्वारेन्टाइनमा निधन भएको थियो। उनी भारतबाट १० दिनअघि फर्किएका थिए। उनको पनि निधनपछि मात्र कोरोना संक्रमण पुष्टि भएको थियो।

कोरोना भाइरसबाट मृत्यु भएका अर्का व्यक्ति हुन् अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाका ३० वर्षीय पुरुष। उनको जेठ १० गते भारतबाट फर्किने क्रममा बाटोमै मृत्यु भएको थियो भने शव नेपाल ल्याइएपछि स्वाब संकलन गरेर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो।

यस्तै बाँकेका २५ वर्षीय युवकको नरैनापुरको भगवानपुरस्थित दीपेन्द्र प्राविमा क्वारेन्टाइनमा मृत्यु भएको थियो। उनी भारतको मुम्बईबाट आई क्वारिन्टनमा बसेका थिए। उनको मृत्युपछि मात्र कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको थियो।

माघ ९ गते पहिलोपटक कोरोना संक्रमण देखा परेको नेपालमा आजसम्म ४०८५ जना संक्रमित भएका छन्। यीमध्ये ५८४ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

 

प्रकाशित: Jun 09, 2020| 20:10 मंगलबार, जेठ २७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।