मंगलबार, वैशाख ११, २०८१

बाबुबाट बलात्कृत किशोरीले बच्चा जन्माइन्

काभ्रेमा बाबुबाट बलात्कृत १७ वर्षीय एक किशोरीले बच्चा जन्माएकी छन्। अविवाहित १७ वर्षिया किशोरीले बच्चा जन्माएपछि आफ्नै बाबुको गर्भ रहेको खुलेको हो।
 |  मंगलबार, जेठ २७, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ २७, २०७७

काभ्रेमा बाबुबाट बलात्कृत १७ वर्षीय एक किशोरीले बच्चा जन्माएकी छन्। अविवाहित १७ वर्षिया किशोरीले बच्चा जन्माएपछि आफ्नै बाबुको गर्भ रहेको खुलेको हो।

triton college

रामेछापको मन्थली घर भई बनेपा–७ मा डेरा गरी बस्ने किशोरीले अस्पतालमा छोराको जन्म दिएकी हुन्।

९ महिनासम्म गर्भ लुकाएर राखेकी किशोरीलाई कुनै कारवाही नहुने विश्वास दिलाएर वास्तविकता खोलेको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक योगेन्द्र तिमल्सिनाले जानकारी दिए।

तिमल्सिनाका अनुसार शुक्रबार साँझ किशोरीले पेट र ढाड दुख्यो अस्पताल जाउँ भनेपछि परिवारले बनेपाको शिर मेमोरियल अस्पताल लगेका थिए। अस्पतालले पेटमा बच्चा भएको र सुत्केरी ब्यथा लागेको बताएपछि बल्ल उनी गर्भवती भएको थाहा भएको थियो।

आफूले महिनावारी रोकिएको बारे पटक–पटक सोधे पनि छोरीले ढाँट्दै आएको आमाले बताएकी छन्। छोरीलाई अस्पताल लैजान बाबु नै अघि सरेका थिए। तिमल्सिनाका अनुसार प्रहरीले अनुसन्धान गरे पछिमात्रै उनको गर्भमा रहेको बच्चा बाबुको भएको पत्ता लागेको थियो।

corrent noodles
Metro Mart

बाबुले नियमित शारीरिक सम्पर्क राख्दै आएको भए पनि आफूले कसैलाई भन्न नसकेको किशोरीले बताएकी छन्। बाबुले पनि गत साउनदेखि छोरीसँग नियमित सम्पर्क गर्दै आएको प्रहरीसमक्ष बयान दिएका छन्।

उक्त परिवार ज्याला मजदुरी गर्दै आएको छ। बालिकाको आमाको पित्त थैली र ढाडको अप्रेसन गरिएकाले उनी कमजोर छिन्। उनीहरुको आठ वर्षको छोरा र १३ वर्षको छोरी सँगै छन्।

जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रवक्ता डिएसपी कुमार विक्रम थापाले छोरीलाई गर्भ बोकाउने बाबुलाई पक्राउ गरी जवर्जस्ती करणीमा मुद्दा चलाइएको जानकारी दिए। किशोरी र बच्चा अस्पतालमै छन्।

प्रकाशित: Jun 09, 2020| 14:02 मंगलबार, जेठ २७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।