बिहीबार, वैशाख १३, २०८१

कर्णाली : कहिले होला २८ हजारको कोरोना परीक्षण ?

कर्णाली प्रदेशका लागि कोरोना भाइरस नियन्त्रण चुनौतीपूर्ण बन्दै गएको छ । संक्रमित थपिँदै जानु र भारतबाट नागरिकहरु गाउँ फर्कने क्रम नरोकिनुले कोरोना नियन्त्रण चुनौतीपूर्ण बनेको हो ।
 |  मंगलबार, जेठ २७, २०७७

देव राना

देव राना

मंगलबार, जेठ २७, २०७७

कर्णाली प्रदेशका लागि कोरोना भाइरस नियन्त्रण चुनौतीपूर्ण बन्दै गएको छ । संक्रमित थपिँदै जानु र भारतबाट नागरिकहरु गाउँ फर्कने क्रम नरोकिनुले कोरोना नियन्त्रण चुनौतीपूर्ण बनेको हो ।

triton college

‘२८ हजार नागरिक क्वारेन्टिनमा बसेका छन्। संक्रमित क्षेत्रबाट फर्किएका कारण सबैको पीसीआर परीक्षण आवश्यक छ, तर प्रदेशको स्रोतसाधनले तत्काल परीक्षण सम्भव छैन,’ कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले भने, ‘प्रयोगशालामै १५ सय बढी स्वाब थन्किएका छन्, अब प्राथमिकता निर्धारण गरेर परीक्षण गर्नुको विकल्प छैन ।’

झण्डै हप्ता दिनमा परीक्षण हुने स्वाब प्रयोगशालामा थन्किएको बताउँदै उनले अब प्राथमिकता निर्धारण गरेरमात्रै पीसीआर परीक्षण गरिने जनाए । हाल प्रदेशभर २८ हजार ६६ जना जिल्लाका विभिन्न क्वारेन्टिनमा बसेका छन् ।

क्वारेन्टिनमा सबैको पीसीआर परीक्षण असम्भव नभएपछि दीर्घ रोगी, वृद्ध र सम्भावित लक्षण देखिएकाहरुको मात्रै कोरोना परीक्षण हुने उनको भनाइ छ । सम्भावित लक्षण नदेखिएका र संक्रमितको प्रत्यक्ष सम्पर्कमा नआएकाहरुलाई भने आरडीटी परीक्षण गरेर घर पठाउने नीति लिएको डाक्टर तिवारीले बताए ।

कर्णाली प्रदेशमा हालसम्म ३३ हजार ४९ जनामा कोरोना परीक्षण गरिएको छ । जसमध्ये २२ हजार ९०५ जनाको आरडीटी र १० हजार १४४ जनाको पीसीआर परीक्षण गरिएको हो । तीमध्ये आरडीटी परीक्षण गर्दा ५ सय ६० जनाको रिपोर्ट पोजेटिभ आएको थियो । त्यस्तै पीसीआर परीक्षणले ६५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये ११ जना संक्रमणमुक्त भएर घर फर्किसकेका छन् ।

corrent noodles
Metro Mart

सामाजिक विकास मन्त्रालयको तथ्याङ्कअनुसार कर्णाली प्रदेशमा हालसम्म ३८ हजार ६ सय ९३ जना क्वारेन्टिनमा थिए, जसमध्ये १० हजार ६ सय २८ जना आरडीटी परीक्षण गरेर घर फर्किएका छन् । त्यस्तै मंगलबारसम्म २८ हजार ६६ जना प्रदेशका विभिन्न जिल्लाहरुमा क्वारेन्टिनमा छन् ।

तीमध्ये करिव १५ सय जनाको पीसीआर परीक्षणका लागि स्वाव संकलन गरिएको छ । प्रदेशमा पीसीआर परीक्षणका लागि करिव २ हजार किट छन् । कर्णाली प्रदेशमा संक्रमणबाट दैलेखको दुल्लु नगरपालिका, सुर्खेत पञ्चपुरी नगरपालिका र डोल्पा जगदुल्ला गाउँपालिकामा एक–एक जना गरी ३ जनाको मृत्यु भइसकेको छ ।

संक्रमित मुलुकबाट गाउँ फर्कनेहरुको तथ्याङ्कलाई आधार मान्दा दैलेख जिल्ला कोरोना संक्रमणको उच्च जोखिममा छ । पछिल्लो समय दैलेखमा १३ हजार ४ सय ३७ जना जिल्ला भित्रिएका छन् । त्यस्तै संक्रमणको जोखिमका हिसाबले सुर्खेत दोस्रो स्थानमा पर्छ । सुर्खेतमा सोमबार साँझसम्ममा १० हजार ५ सय २८ जना गाउँ फर्किएका छन् ।

आन्तरिक मामिला तथा कानून मन्त्रालयको तथ्याङ्क अनुसार कालिकोटमा ४ हजार ७ सय २७ जना, जाजरकोटमा ३ हजार ३ सय २१ जना, सल्यानमा ३ हजार ३० जना, मुगुमा १२ सय ८६ जना, रुकुम पश्चिममा १२ सय ४२ जना, जुम्लामा ११ सय ५६ जना र हुम्लामा २ सय गरी कुल ३८ हजार ९ सय ४६ जना संक्रमित क्षेत्रबाट गाउँ फर्किएका छन् ।

कर्णाली प्रदेशका दैलेखमा सबैभन्दा बढी कोरोना संक्रमित छन् । दैलेखमा ३ सय ६१ जना कोरोना संक्रमित छन् । सल्यानमा १ सय २४, सुर्खेतमा ९२, कालिकोटमा २८ र जुम्लमा २२ जना कोरोना संक्रमित छन् ।

त्यस्तै जाजरकोटमा ५ जना, मुगुमा २ जना, डोल्पा र हुम्लामा १–१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कर्णालीका १० जिल्लामध्ये रुकुम पश्चिम संक्रमणमुक्त छ ।

प्रकाशित: Jun 09, 2020| 14:15 मंगलबार, जेठ २७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।