काठमाडौं- गण्डकी प्रदेशमा ६ महिनामा २७ जनालाई डेंगु संक्रमण देखिएको छ। यो सन् २०२० जनवरीयताको तथ्यांक हो।
स्वास्थ्य निर्देशनालयका अनुसार गण्डकीका ११ जिल्लामध्ये ६ मा डेंगुका बिरामी देखिएका छन्। तीमध्ये म्याग्दीमा सबैभन्दा बढी १२ जनालाई डेंगु देखिएको छ। यस्तै, कास्कीमा १०, पर्वतमा २ र तनहुँ, नवलपुर र बाग्लुङमा १-१ जना बिरामी छन्।
जनवरीयता गण्डकीका पाँच जिल्लामा डेंगुका बिरामी देखिएका छैनन्। गोरखा, मनाङ, मुस्ताङ, लमजुङ र स्याङ्जामा डेंगु संक्रमण नदेखिएको स्वास्थ्य निर्देशनालयले जनाएको छ।
गण्डकीमा जनवरीयता मे महिनामा सबैभन्दा बढी १६ जनामा डेंगु संक्रमण देखिएको छ। यस्तै, अप्रिलमा ५, जनवरीमा २, फ्रेबुअरी र मार्चमा १-१ जना डेंगुका बिरामी भेटिएका छन्।
जुन महिनाको हालसम्म दुई जनालाई मात्रै डेंगु देखिएको छ।
यस्तै, गण्डकीमा जनवरीयता ५ जनालाई स्क्रब टाइफस देखिएको स्वास्थ्य निर्देशनालयले जनाएको छ। यी सबै म्याग्दीका हुन्।