शनिबार, वैशाख ८, २०८१

असार १ बाट पाँच चरणमा यसरी खुल्ने भयो लकडाउन

सरकारले असार १ गतेबाट लकडाउन खोल्दै जाने कार्यनीति लागु गर्ने भएको छ । अबको साढे २ महिनामा पूर्ण रुपमा लकडाउन खोल्ने गरि सरकारले रणनीति तयार पारेको छ ।
 |  मंगलबार, जेठ २७, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ २७, २०७७

काठमाडौं- सरकारले असार १ गतेबाट लकडाउन खोल्दै जाने कार्यनीति लागु गर्ने भएको छ । अबको साढे २ महिनामा पूर्ण रुपमा लकडाउन खोल्ने गरि सरकारले रणनीति तयार पारेको छ ।

triton college

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले दिएको म्यान्डेड अनुसार कोरोनाभाइरस (कोभिड-१९) रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले तीन दिन लगाएर लकडाउन खोल्ने रणनीति तयार पारेको हो ।

उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलको संयोजकत्वमा रहेको समितिले अबको साढे २ महिना भित्र लकडाउन पूर्ण रुपमा खोल्ने गरी पाँच तहको योजना बनाएको छ । 

सरकारद्वारा गठित कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले तयार पारेको ६ चरणको १२ हप्ते रणनीतिलाई परिमार्जन गरेर समितिले नयाँ कार्ययोजना तयार पारेको हो । नयाँ रणनीति अनुसार प्रत्येक तह २ हप्ताको हुनेछ ।

तहगत रुपमा क्रमश हरेक क्षेत्रहरु खोल्दै जाने र आम नागरिकको दैनिकी सहज बनाउने गरि कार्ययोजना बनाइएकाे उच्चस्तरीय समन्व्य समितिको सदस्यसमेत रहेका स्वास्थ्यमन्त्री भानुभक्त ढकालले नेपाल समयलाई जानकारी दिए । उनका अनुसार आम नागरिकको दैनिकी सहज हुने गरि लकडाउन खोल्दै जाने कार्ययोजना तयार पारिएको छ ।

corrent noodles
Metro Mart

भ्याएसम्म आज नभ्याए भोलि (बुधबार) बस्ने मन्त्रिपरिषद्को बैठकबाट पारित भएसँगै उच्चस्तरिय समितिले तयार पारेको कार्ययोजना लागु हुने छ । समिति संयोजक तथा उपप्रधानमन्त्री पोखरेलले उक्त कार्ययोजना मन्त्रिपरिषद्‍मा पेश गर्ने भएका छन् ।

कार्ययोजना बनाउनु अघि सीसीएमसीको प्रतिवेदन र विभिन्न क्षेत्रका विज्ञहरुसँग समितिले परामर्श गरेको थियो । कार्ययोजनाअनुसार पहिलो तहदेखि नै सेवा तथा व्यवसाय विस्तारै खोलिने रणनीति अघि बढाइने मन्त्री ढकालले जानकारी दिए ।

प्रस्तावित सरकारी योजना अनुसार पहिलो तह अर्थात् दुई साताभित्रै कृषि, दूध, अन्नबाली, तरकारी र फलफूल, बस्तुभाउ र सम्पूर्ण कृषिजन्य उत्पादन कार्यलाई आंशिक रुपमा खोलिने छ ।

दैनिक उपभोग्य सामग्री अन्तर्गत डिपार्टमेन्टल स्टोर र मार्ट, किराना पसल, खाद्य स्टोर, पानी र ग्यास डिपो समेत आंशिक रुपमा खोल्न पाइनेछ । यो तहमा ४० प्रतिशत यात्रुसहित आन्तरिक हवाई सेवा आंशिक रुपमा खुल्नेछ । तर, बाह्य हवाई सेवा भने बन्द नै रहनेछ।

सेवा अन्तर्गत होटल तथा रेष्टुरेन्टहरुले आंशिक रुपमा उत्पादन घरमै पुर्‍याउने सुविधा पनि पाउनेछन् । निर्माण कार्य पनि आंशिक खोल्ने सरकारको तयारी छ । ब्यांकिङ्ग तथा वित्तीय क्षेत्र आंशिक रुपमा सीमित कर्मचारी राखेर खोल्न पाइनेछ । यस्तै खेलकूद अन्तर्गत ‘मर्निङ वाक’ आंशिक रुपमा खोलिनेछ । अन्य सबै गतिविधि बन्द राख्ने प्रस्ताव गरिएको छ।

पहिलोतहको दुई साताको अभ्यास र समीक्षापछि दोस्रो तहमा थप आवश्यक रणनीति अपनाइनेछ । दोस्रो तहमा निजी सवारीसाधन आंशिक चल्न दिने प्रस्ताव गरिएको छ । यस्तै बाह्य हवाई उडान पनि आंशिक खोलिनेछ ।

यो तहमा घरेलु तथा साना उद्योग र ठूला कलकारखानाका मानव स्रोतलाई स्वास्थ्य परीक्षणपछि दुई साताको क्वारेन्टिनमा राखी उद्योग क्षेत्रमा नै खानबस्न व्यवस्था गरी संचालन गर्न सकिनेछ । दोस्रो तहदेखि होटल तथा रेष्टुरेन्टहरु आंशिक रुपमा खुल्दै जानेछन्।

तेस्रो तहमा डिपार्टमेन्टल स्टोर पूर्ण रुपमा खुला हुनेछन् भने यातायातमा अत्यावश्यक सवारीसाधन पूर्ण रुपमा खोल्ने र निजी सवारीसाधन सुरक्षात्मक उपायहरु अपनाउँदै आंशिक रुपमा खोल्ने प्रस्ताव योजनामा गरिएको छ।

ठूला शहरमा जोर र बिजोर प्रणाली प्रयोग गरी जिल्ला भित्र मात्रै सवारी साधन संचालन गर्न सकिने प्रस्ताव पनि गरिएको छ । यो तहमा ५० प्रतिशत यात्रु राखेर सार्वजनिक सवारीसाधन आंशिक रुपमा खुलाउने भनिएको छ।

तेस्रो तहबाटै स्कूल तथा कलेजहरु आंशिक रुपमा क्रमशः खुला गर्ने रणनीति पनि बनाइएको छ । यही तहमा भर्ना प्रक्रिया शुरु गर्न निजी तथा सरकारी शैक्षिक संस्थालाई अनुमति दिने योजना सरकारको छ । यहि तहबाट संक्रमण रहित जिल्ला छुट्ट्याई सामाजिक दूरी कायम गरी लकडाउन हटाउने रणनीति पनि बनाइएको छ ।

चौथो तह अर्थात् आठौं हप्तादेखि यातायात सेवा पूर्ण रुपमा खुला हुनेछ । यही तहबाट निर्माण कार्यसँगै खेलकुदका कार्य, शिक्षा क्षेत्र पूर्ण रुपमा सञ्चालनमा आउने भएका छन् ।

यहि तहबा सिनेमा हल, विद्यालय, कलेज, जिम, हल, होटल, बार, फेन्सी सप, ब्युटीपार्लर लगायतका सम्पूर्ण व्यवसाय खोलिनेछन् । धार्मिक स्थलहरु आंशिक रुपमा खोल्न पाइनेछ।

पाँचौं तह अर्थात अबको साढे २ महिनाबाट बाह्य उडान पूर्ण रुपमा सञ्चालन गरिनेछ । सबै क्षेत्र पूर्ण रुपमा खोलिने भएको छ । तर, सार्वजनिक स्थानमा मास्क तथा भौतिक दूरी अनिवार्य कायम गराउने र यसको नियमित अनुगमन गर्ने कार्यनीतिमा उल्लेख छ ।

प्रकाशित: Jun 09, 2020| 10:44 मंगलबार, जेठ २७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।