शनिबार, वैशाख ८, २०८१

प्रदेश २ : सुरक्षाकर्मीको मनोबल बढाउन पर्याप्त बजेट

भारतसँग खुला सीमा रहेकोले नाकाबाट हुनसक्ने आवतजावत नियन्त्रण सबैभन्दा बढी चुनौती देखिएको छ, प्रदेश दुईमा । लकडाउन कार्यान्वयनदेखि नाका नियन्त्रण, क्वारेन्टिन व्यवस्थापनलगायतमा सुरक्षाकर्मीहरु दैनिक खटिएका छन् ।
 |  आइतबार, जेठ २५, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, जेठ २५, २०७७

वैश्विक महामारीको रुप लिइसकेको कोरोना भाइरसका कारण नेपालमा सबैभन्दा बढी प्रदेश २ प्रभावित भएको छ । रोजगारीका लागि भारतमा गएकाहरु नेपाल फर्किने क्रम सुरु भएसँगै प्रदेश २ मा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ ।

triton college

भारतसँग खुला सीमा रहेकोले नाकाबाट हुनसक्ने आवतजावत नियन्त्रण सबैभन्दा बढी चुनौती देखिएको छ, प्रदेश दुईमा । लकडाउन कार्यान्वयनदेखि नाका नियन्त्रण, क्वारेन्टिन व्यवस्थापनलगायतमा सुरक्षाकर्मीहरु दैनिक खटिएका छन् ।

प्रदेशभित्र कोरोना जोखिमलाई मध्यनजर गरी प्रदेश सरकारले दुई अर्व रुपैयाँ निकासा गरिसकेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयले सबै मन्त्रालयलाई छुट्टाछुट्टै रकम निकासा गरेको छ ।

जसअन्तर्गत आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई १० करोड ४५ लाख रुपैयाँ निकासा गरिएको आर्थिक मन्त्रालयले जनाएको छ । निकासा भएको रकममध्ये आन्तरिक मामिला मन्त्रालयले सात करोड एक लाख ५० हजार खर्चेको छ ।

आन्तरिक मामिला मन्त्रालयले जिल्ला विपद् व्यवस्थापनदेखि प्रदेश प्रहरी कार्यालय तथा जिल्ला प्रहरी कार्यालयहरुमार्फत यो रकम खर्चेको हो । कोरोना महामारी नियन्त्रणका लागि अग्रमोर्चामा खटिने सुरक्षाकर्मीलाई आवश्यक पर्ने सुरक्षा सामग्री, क्वारेन्टिन व्यवस्थापनलगायतका लागि सम्बन्धित प्रहरी कार्यालयहरुलाई रकम पठाइएको मन्त्रालयले जनाएको छ ।

corrent noodles
Metro Mart

कोरोना संक्रमण रोकथाम गर्न पूर्वतयारीको लागि आवश्यक सामग्री, उपकरणलगायतका सामग्री एवं आवश्यक व्यवस्थापन गर्न आठै जिल्लास्थित जिल्ला विपद् व्यवस्थापन समिकिा साथै राष्ट्रिय अनुसन्धान प्रदेश कार्यालयलाई ५०–५० लाख र प्रदेश प्रहरी कार्यालय तथा छिन्नमस्ता बाहिनी बर्दिवासलाई २०–२० लाख रुपैयाँ ७ चैतमा पठाइएको मन्त्रालयले जनाएको छ ।

यसैगरी १६ जेठमा कम्तीमा दुई सय बेडको आइसोलेसन–क्वारेन्टिन क्षमता विस्तारका साथै भीटीएम खरिद गर्न जिल्ला विपद् व्यवस्थापन समिति धनुषा, महोत्तरी, सर्लाही, रौतहट र सिरहालाई २५–२५ लाख रुपैयाँ पठाइएको मन्त्रालयले जनाएको छ ।

कोरोना जोखिम न्यूनीकरणका लागि टेन्ट, स्यानिटाइजर, पञ्जालगायतका सामग्री खरिद गर्न सप्तरी कारागार, सिरहा कारागार, महोत्तरी कारागार, रौतहट कारागार र पर्सा कारागारलाई ३ वैशाखमा २०–२० लाख रुपैयाँ मन्त्रालयले पठाएको छ ।

यसैगरी प्रदेशमा खटिएका सुरक्षाकर्मीहरुलाई आवश्यक स्वास्थ्य सुरक्षा सामग्री खरिद गर्न संघीय प्रहरी कार्यालय जनकपुर, प्रदेश प्रहरी तालिम केन्द्र, दंगा नियन्त्रण प्रहरी गण, जिल्ला प्रहरी कार्यालय सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैया, राष्ट्रिय अनुसन्धान प्रदेश कार्यालयलाई ५०–५० लाख रुपैयाँ पठाइएको मन्त्रालयले जनाएको छ ।

यसैगरी सोही शीर्षकमा प्रदेश विपद् व्यवस्थापन गुल्म वीरगंजलाई २० लाख, जिल्ला प्रहरी कार्यालयलाई ११ लाख र छिन्नमस्ता बाहिनी बर्दिवासलाई ६० लाख रुपैयाँ मन्त्रालयले पठाएको छ ।

यसबाहेक सशस्त्र प्रहरी बल धनुषालाई २ लाख ५० हजार, ड्रोन खरिद गर्न सशस्त्र प्रहरी बल छिन्नमस्ता बाहिनी बर्दिवासलाई २ लाख ६० हजार र साइकल खरिद गर्न ५ लाख रुपैयाँ निकासा गरिएको मन्त्रालयले जनाएको छ ।

सुरक्षा निकाय संघीय सरकार मातहत रहे पनि कोरोना रोकथाम र नियन्त्रण गर्न संघीय सरकारबाट खासै सहयोग नभएको अवस्थामा प्रदेश सरकारले उच्च मनोबलका साथ काम गर्न सक्दो बजेट निकासा गरेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका एक कर्मचारीले बताए ।

प्रकाशित: Jun 07, 2020| 06:17 आइतबार, जेठ २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।