बिहीबार, वैशाख १३, २०८१

एक सुरक्षाकर्मीसहित कर्णालीमा ९८ जना संक्रमित थपिए

कर्णालीमा १ सुरक्षाकर्मीसहित शनिबार ९८ जना कोरोना संक्रमित थपिएका छन्। याेसहित कर्णालीमा काेराेना संक्रमितकाे संख्या ५८७ पुगेकाे छ।
 |  शनिबार, जेठ २४, २०७७

देव राना

देव राना

शनिबार, जेठ २४, २०७७

सुर्खेत- कर्णालीमा १ सुरक्षाकर्मीसहित शनिबार ९८ जना कोरोना संक्रमित थपिएका छन्। याेसहित कर्णालीमा काेराेना संक्रमितकाे संख्या ५८७ पुगेकाे छ।

triton college

कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयका अनुसार जाजरकोटमा ४, दैलेखमा ४६, सल्यानमा ३८ र सुर्खेतमा ९ जनामा संक्रमण भएको हो। डाेल्पाका १ संक्रमितकाे भने मृत्यु भएकाे छ। 

जाजरकोटमा इलाका प्रहरी कार्यालय बारेकोटमा खटिएका ५२ वर्षीय सुरक्षाकर्मी र बारेकोट गाउँपालिका-१ का ३ जना कोरोना संक्रमित भएका छन्।

दैलेखको महावु गाउँपालिकामा एकै दिन ४३ जना संक्रमित थपिएका छन्। काेराेना संक्रमित हुनेमा महावु वडा नं. १ का ३३ जना, वडा नं. ३ का १ जना र वडा नं. ४ का ३ जना छन्।

यस्तै साेही गाउँपालिका वडा नं. ५ का १ जना, ६ का २ जना, वडा नखुलेका ३ जना छन्। दुल्लु नगरपालिका-१० का १ जना र वडा नं. ११ का २ जना संक्रमित छन्।

corrent noodles
Metro Mart

सुर्खेतका ९ संक्रमितमध्ये वीरेन्द्रनगर नगरपालिका वडा नं. ९ का १ जना, भेरीगंगा नगरपालिका वडा नं. २ का १ जना, वडा नं. ६ का १ जना, वडा नं. ९ का २ जना, गुर्भाकोट नगरपालिका वडा नं. १२ का १ जना र पञ्चपुरी नगरपालिका वडा नं. ९ का ३ जना छन्।

सल्यानको बनगाड कुपिन्डे नगरपालिका वडा नं. १ मा ३ जना, वडा नं. २ मा २ जना, वडा नं. ३ मा ११ जना, वडा नं. ४ मा ६ जना, वडा नं. ५ मा ३ जना, वडा नं. ६ मा १० जना र वडा नं. ७ मा ३ जना कोरोना संक्रमण पुष्टि भएका छन्।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पीसीआर परीक्षणमा कोरोना संक्रमण पुष्टि गरेको मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिए।

प्रकाशित: Jun 06, 2020| 17:55 शनिबार, जेठ २४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।