शुक्रबार, वैशाख ७, २०८१
  • गृहपृष्ठ
  • समाज
  • गोरखापत्र संस्थानका महाप्रबन्धकसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा

गोरखापत्र संस्थानका महाप्रबन्धकसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गोरखापत्र संस्थानका महाप्रबन्धक बसन्त प्रकाश उपाध्यायसहित चार जनाविरूद्ध रकम हिनामिना गरेको अभियोगमा मुद्दा दायर गरेको छ।
 |  शुक्रबार, जेठ २३, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ २३, २०७७

गकाठमाडौं- अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गोरखापत्र संस्थानका महाप्रबन्धक बसन्त प्रकाश उपाध्यायसहित चार जनाविरूद्ध रकम हिनामिना गरेको अभियोगमा मुद्दा दायर गरेको छ।

triton college

संस्थानका महाप्रबन्धक उपाध्याय, पूर्वमहाप्रबन्धक सुशील कोइराला, पूर्व अर्थ निर्देशक रामसुन्दर चौधरी र आपूर्तिकर्ता प्रिन्टसेल इमेजिङ प्रालिका सञ्चालक दीपक कुमार भन्सालीविरूद्ध अख्तियारले शुक्रबार विषेश अदालतमा मुद्दा दायर गरेको हो।

गोरखापत्र संस्थानले प्रिन्ट कागज खरिद गर्दा भन्सार छुटको लागि सिफारिस गरी रकम हिनामिना गरेको आरोपमा चारै जनाविरुद्ध २६ लाख १६ हजार १० रुपैयाँ भ्रष्टाचार गरेको भन्दै मुद्दा दायर गरेको हो।

अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले अख्तियारले संस्थानका महाप्रबन्धक उपाध्याय, पूर्वमहाप्रबन्धक कोइराला, पूर्व अर्थ निर्देशक चौधरीलाई चारदेखि ६ वर्ष सम्मको कैद र सञ्चालक भन्सालीलाई दुई वर्षसम्म कैद सजाय माग दाबी गरिएको जानकारी दिए।

प्रकाशित: Jun 05, 2020| 16:21 शुक्रबार, जेठ २३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।