काठमाडौ- तनहुँ जिल्लामा थप दुई जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ ।
ऋषिङ गाउँपालिका क्वारेन्टाइनमा रहेका ३९ र ४० वर्षीयका दुई पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।
उनीहरुलाई शुक्रबार बिहान तनहुँ जिल्लाको सरकारी अस्पतालमा रहेको आइसोलेसन कक्षमा भर्ना गरिएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डाक्टर विनोद विन्दु शर्माले जानकारी दिए ।
तनहुँमा थपिएका दुई संक्रमितसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५६ पुगेको छ।