भारतमा एक उच्च सरकारी अधिकारीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
द इन्डियन एक्सप्रेसका अनुसार रक्षा मन्त्रालयका सचिव अजय कुमारलाई कोरोना संक्रमण भएको हो।
सचिवलाई कोरोना पुष्टि भएछि रक्षामन्त्री राजनाथ सिंहलगायत रक्षा मन्त्रालयका अन्य अधिकारी बुधबार कार्यालय नगएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
सचिव क्वारेन्टिनमा बसेका छन् र उनको सम्पर्कमा आएका व्यक्तिको कन्ट्याक्ट ट्रेसिङ सुरु गरिएको छ। साउथ ब्लकस्थित कार्यालयलाई नीर्मलीकरण गर्ने काम भइरहेको छ।
पछिल्ला केही दिनमा रक्षा सचिवसँग झन्डै ३० जना सम्पर्कमा आएको बताइएको छ।
अजय कुमार कोरोना संक्रमण हुने भारतका पहिलो उच्च सरकारी अधिकारी हुन्।