काठमाडौं- आईसीसी क्रिकेट विश्वकप लिग–२ मा नेपाल र अमेरिकाबीचको खेल जारी छ। ओमानको मस्कटस्थित अल अमारत क्रिकेट मैदानमा जारी खेलमा अमेरिकाले नेपाललाई २३१ रनको लक्ष्य दिएको छ। अहिले नेपालले ब्याटिङ गरिरहेको छ।
यो समाचार तयार पार्दासम्म ३६औँ ओभर खेलिरहेको नेपालले ४ विकेटको क्षतिमा १६४ रन जोडेको छ। ओपनर कुशल भुर्तेल ८४ रन बनाएर आउट भए भने आसिफ शेखले २३ रन जोडेका छन्।
यस्तै कप्तान ज्ञानेन्द्र मल्लले २४ रन बनाए। उता कुशल मल्ल भने १ रनमा नै आउट भएका थिए। ८४ रन जोड्न सफल भएका भुर्तेलले ३ चौका र ३ छक्का प्रहार गरेका थिए।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अमेरिकाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २३० रन बनाएको थियो। त्रिदेशीय शृंखला अन्तर्गत नेपाले पहिलो खेल अमेरिकासँग खेलेको हो।