काठमाडौं– पाकिस्तानको सिन्ध प्रान्तका मानव संसाधन मन्त्रीको कोरोना संक्रमणको कारण मृत्यु भएको छ।
मंगलबार सिन्ध प्रान्तका मानव संसाधन मन्त्री गुलाम मुर्ताजा बलोचको उपचारको क्रममा कराँचीको एक निजी अस्पतालमा निधन भएको हो।
सिन्धका मुख्यमन्त्री मुरद अलि साहले सहकर्मीको निधनले आफूलाई दुखी तुल्याएको प्रतिक्रिया दिएका छन्।
बलोचलाई १४ मे मा कोरोना भाइरसको संक्रमण देखिएको थियो। अवस्था गम्भीर बन्दै गएपछि उनलाई २३ मे मा कराँचीको निजी अस्पतालमा रिफर गरिएको थियो।