जुवातास खेल्दै गर्दा सोमबार राति पक्राउ परेका ८ जना व्यवसयाीलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले प्रहरीलाई अनुमति दिएको छ।
मुलुकी अपराध संहिताको जुवा सम्बन्धी कसूरमा अनुसन्धानका लागि प्रहरीले उनीहरुलाई जिप्रकाले अनुमति मागेको थियो।
महानगरीय प्रहरी वृत्त, दरबारमार्गले चलाएकोा अपरेसनका क्रममा कमलादीस्थित एक होटलबाट उनीहरु समातिएका थिए।
पक्राउ पर्नेमा रामचन्द्र सांघाइ, अशोक अग्रवाल, पुरुषोत्तम अग्रवाल, सुरेश अग्रवाल, गोविन्द अग्रवाल, नन्द शर्मा, विमल खेतान, विमल आहुजा र निक्की जोगाइ छन्।
उनीहरू सबै मुलुकका प्रतिष्ठित व्यपारिक घरानासँग जोडिएका व्यक्ति हुन्। उनीहरुको साथबाट २ लाख ७७ हजार रुपैयाँ बरामद भएको थियो।