शनिबार, वैशाख ८, २०८१
  • गृहपृष्ठ
  • समाज
  • लक्षण नदेखिएका कोरोना संक्रमितलाई पुनः परीक्षण नगरी डिस्चार्ज गरिने

लक्षण नदेखिएका कोरोना संक्रमितलाई पुनः परीक्षण नगरी डिस्चार्ज गरिने

सरकारले कोरोना भाइरस (कोभिड १९) संक्रमणको लक्षण नदेखिएका बिरामीलाई पुनः पीसीआर परीक्षण नगर्ने भएको छ।
 |  आइतबार, जेठ १८, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, जेठ १८, २०७७

काठमाडौं- सरकारले कोरोना भाइरस (कोभिड १९) संक्रमणको लक्षण नदेखिएका बिरामीलाई पुनः पीसीआर परीक्षण नगर्ने भएको छ।

triton college

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. बासुदेव पाण्डेका अनुसार विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)को नयाँ मापदण्ड अनुसार लक्षण नदेखिएका संक्रमितलाई एक पटक मात्रै परीक्षण गर्ने रणनीति लिएको हो। डब्ल्यूएचओले केही दिनअघि पीसीआर परीक्षणका सम्बन्धमा बनाएको नयाँ मापदण्ड लागू गर्न सुझाएको उनले बताए।

उनका अनुसार अब लक्षण नदेखिएका र त्यस्ता संक्रमितबाट १० दिनपछि अर्को व्यक्तिमा संक्रमण सर्ने सम्भावना नभएकाले पुनः परीक्षण गर्नु आवश्यक छैन।

यसअघि संक्रमण पुष्टि भएको कम्तीमा दुई पटकसम्म पीसीआर नेगेटिभ आएपछि मात्रै डिस्चार्ज गर्ने गरिएकोमा अब नीति परिवर्तन गरी ‘एक व्यक्ति, एक परीक्षण’ नीति लिएको उनले बताए।

संक्रमण भई लक्षण देखिएर अस्पतालमा राखिएका बिरामीलाई पनि लक्षण देखिन छोडेको तीन दिनपछि पीसीआर परीक्षण नगरी डिस्चार्र्ज गरिने डा. पाण्डेले बताए। नेपालमा हालसम्म संक्रमण पुष्टि भएको पाँच पटकभन्दा बढी पीसीआर परीक्षण गरिएको थियो।

corrent noodles
Metro Mart

प्रकाशित: May 31, 2020| 13:20 आइतबार, जेठ १८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।