शनिबार, वैशाख ८, २०८१
  • गृहपृष्ठ
  • समाज
  • चौरजहारी घटना छानबिनका लागि संसदीय समिति गठन गर्न राजपाको माग

चौरजहारी घटना छानबिनका लागि संसदीय समिति गठन गर्न राजपाको माग

पाँच जनाकाे ज्यान जाने गरी रुकुमकाे चाैरजहारीमा भएकाे घटनाकाे छानबिन गर्न राष्ट्रिय जनता पार्टी (राजपा) ले संसदीय समिति गठनको माग गरेको छ।
 |  शनिबार, जेठ १७, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, जेठ १७, २०७७

triton college
corrent noodles
Metro Mart

काठमाडाैं- पाँच जनाकाे ज्यान जाने गरी रुकुमकाे चाैरजहारीमा भएकाे घटनाकाे छानबिन गर्न राष्ट्रिय जनता पार्टी (राजपा) ले संसदीय समिति गठनको माग गरेको छ।
राजपाको संसदीय दलको शनिबार बसेको बैठकले घटना छानबिन गर्न समिति गठनको माग गरेको संसदीय दलका नेता महन्थ ठाकुरले जनाएका छन्।
प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्न पुगेको टोलीलाई गाउँले मिलेर हत्या गरेको भन्दै उक्त घटनाप्रति राजपाको ध्यानाकर्षण भएको जनाइएको छ।
‘घटना जातीय भेदभाव तथा छवाछतकै कारण भएको देखिन्छ। नेपालको संविधानमा विद्यमान कानुनी प्रावधानअनुसार यसखाले घटना अत्यन्तै निन्दनीय तथा अमानवीय अपराध लज्जाको विषय हो,’ ठाकुरद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यस घटनाको यथाशीघ्र अनुसन्धान प्रक्रिया अगाडि बढाई दोषीहरुलाई हदैसम्मको कानुनी कारबाही गर्न नेपाल सरकार र सम्बद्ध निकायको ध्यानाकर्षण गराउँदै पीडित पक्षलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन माग गर्दछौं।’

राजपाले भविष्यमा यस्ता प्रकारका अमानवीय घटना समाजमा दोहोरिन नदिन अपनाउनु पर्ने जनचेतनालगायतका सम्पूर्ण उपाय अवलम्बन गर्नतर्फ ठोस पहल कदम चाल्न माग गरेको छ।

प्रकाशित: May 30, 2020| 16:45 शनिबार, जेठ १७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।